आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:४०
वासिङटन डिसी 09:55

अमेरिकी सदनले ट्रम्पका सहयोगी ब्याननलाई जनवरी ६ बारे बोलाउंदा अस्विकार गरे पछि अपराधिक अवज्ञामा मतदान

इनेप्लिज २०७८ कार्तिक ५ गते १०:३३ मा प्रकाशित

अमेरिकी तल्लो सदनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी स्टिभ ब्याननलाई जनवरी ६ मा सदनमा भएको दंगाको बारे बयान लिन बोलाउंदा अस्विकार गरे पछि उनलाई अपराधिक अवज्ञाको पक्षमा मतदान गरेको छ ।

आज मतदान हुँदा २२९-२०२ मत परेको थियो । ब्याननलाई अमेरिकी सदनमा जनवरी ६ मा भएको हमलाको छानबिन समितिले दिएको निवेदन अस्वीकार गरेपछि कग्रेसको अपराधिकअवज्ञामा बिहीबार प्रतिनिधि सभाले मतदान गरेको थियो ।

नौ जना रिपब्लिकनले सबै २२० डेमोक्र्याटहरुको साथ दिदै प्रस्ताव पारित गरेका थिए । रिपब्लिकनका ग्रेग पेन्स जो पूर्व उपराष्ट्रपति माइक पेन्सका भाइ हुन् उनले मत दिएनन्।

ब्याननलाई कग्रेसको अपराधिक अवज्ञामामा राख्नको लागि पूर्ण सदनले गरेको मतले न्याय विभागलाई निर्देशपरक (रेफरल )बनाउँछ, जसले मुद्दा चलाउने कि नगर्ने भन्ने निर्णय लिन्छ।

महान्यायाधिवक्ता मेरिक गारल्याण्डले बिहीबार न्याय विभागले कुनै रेफरल( निर्देशपरक)को समीक्षा गर्नेछ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया