आइतबार, मंसिर १९ २०७८
काठमाडौं १७:५३
वासिङटन डिसी 07:08

भर्जिनियाको बृहत दशैँ तिहार मेलामा बाबु मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिने

छोरी गायिका तथा निर्देशक सराना श्रेष्ठको प्रस्तुति हुने

विजय थापा २०७८ कार्तिक ४ गते २२:०५ मा प्रकाशित

डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने बृहत दशैँ तिहार मेला २०२१ वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान समेत गरिने छ भने उनकी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठको प्रस्तुति पनि हुने भएको छ ।

वरिष्ठ कलाकार श्रेष्ठले उहाले यस क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्ने सम्मान गरिने आयोजकको तर्फबाट राहुल केसीले बताए । गायिका तथा निर्देशक सराना श्रेष्ठले आफ्ना पितालाई इनास जस्तो बिश्वब्यापी रुपमा फैलिएको कलाकारहरुको समाजले सम्मान गर्न लागेकोमा हर्ष व्यक्त गरेकी छिन ।

उनले अमेरिकामा बाबुको अगाडी लामो समय पछि आफूले गायन कला प्रस्तुति देखाउन पाउँदा अत्यन्तै गर्व लागेको बताइन । साथै भर्जिनियामा भै रहेको कार्यक्रममा आफूलाई स्थान दिनु भएकोमा इनास भर्जिनिया परिवार ,आयोजक तथा राहुल केसीलाई धन्यवाद दिन चाहेको बताइन ।

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले पनि भर्जिनियाका नेपाली समुदाय सँग भेट हुन् पाउने र कलाकारहरुको संस्थाले आफूलाई सम्मान गर्ने भनि निमन्त्रणा दिएकोमा आफूले सहभागिता जनाउने र कार्यक्रमको सफलताको लागि अग्रिम शुभकामना दिएका छन् ।

साथै अक्टोबर २३ शनिबारका दिन आयोजना हुने कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर आउने भएका छन् । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले सयुक्त रुपमा आयोजना गर्नेछ ।

उक्त कार्यक्रम मनासस शहरको रोज गोल्ड इभेन्ट्स सेन्टरमा हुनेछ । कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति हुनेछ । साथै उक्त कार्यक्रममा नेपाली खानाका प्रदर्शनी कक्ष ,किनमेलका प्रदर्शन कक्ष लगायत बिभिन्न जानकारी मूलक प्रदर्शनी कक्षहरु समेत रहने छन् ।

कार्यक्रममा चर्चित कलाकारहरु बाबु बोगटी ,अन्जना गुरुङ,आभा मुकारुंग ,चर्चित हास्य कलाकार गोपाल फिस्टे, लोक दोहोरी चर्चित गायक गायिका लक्ष्मण पौडेल ,कल्पना देवकोटा ,रमेश परियार ,त्यस्तै चर्चित गायक बिन्ती कुमार गुरुङ ,रिता श्रेष्ठ ,राहुल केसी तथा अर्जुन घिमिरेको प्रस्तुति रहने छ ।

साथै केसी डान्सको प्रस्तुति,इनास मेरिल्याण्ड,इनास केन्टकी,इनास पेन्सेल्भेनिया र साथमा स्थानीय एएनएसएस पाठशाला मनासस,नेपाली पाठशाला सेन्टरभिल,आदर्श समाज हर्नडनको प्रस्तुति समेत रहने छ । कार्यकम सफल पार्न डिसी महानगर क्षेत्रका सम्पूर्ण संघ/संस्था लगायत विशिष्ट व्यक्तित्वहरुले दिल खोलेर होस्टेमा हैसे गरि सहयोग गरेका छन् ।

 

प्रतिक्रिया