आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:३४
वासिङटन डिसी 08:49

मेरिल्याण्डमा देशारलाई अवार्ड

इनेप्लिज २०७८ कार्तिक ४ गते २०:५९ मा प्रकाशित

 

वाल्टिमोर,अक्टोबर २१ । मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा लामो समय देखि वस्दै आउनु भएका महेन्द्र देसारलाई काउन्टीको चेम्वर अफ कमर्शले अवार्ड प्रदान गरेको छ । सन् २००७ देखि हार्डफोर्ड काउन्टीमा रहेको सिजलिङ्ग बम्बे रष्टुँरा सञ्चालन गर्दे आएका देशारलाई पर्यटन तथा आतिथ्यता विधामा काउन्टीमा रहेको चेम्वर अफ कमर्शले अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्डको लागि छनौट गर्न कम्पनीको व्यापारिक वृद्धि, रोजगारी सृजना, समुदायमा केन्द्रित सेवा र व्यावसायिक रणनीति लगायतको विषयको अध्ययन गरिएको थियो । विगत १४ वर्ष देखि समुदायको हीतमा योगदान पुरयाए वापत उक्त कम्पनी लगायत अरु ६ कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो ।

सन् २०२१ को अवार्ड पाएपछि प्रतिक्रिया दिनुहुँदै देशारले भन्नु भयो – मेरो लगन र परिश्रमलाई मूल्यांकन गरिएको छ , यसले मलाई काममा थप उर्जाशील तरिकाले लाग्न प्रेरित गरेको छ । सन् २००७ देखि व्लेयरमा रेष्टुँरेन्ट सञ्चालन गर्दे आउनु भएका देशार मिलनसार स्वभावको हुनुहुन्छ ।

उक्त रेष्टुँरामा नेपाली तथा भारतीय परिकारहरुको खाना उपलब्ध छ ।

प्रतिक्रिया