आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:२७
वासिङटन डिसी 08:42

मेरिल्याण्डको यात्रीयान बिसौनीमा क्रूरतापूर्ण बलत्कार गर्ने व्यक्तिलाई ४५ बर्ष कैद सजाय

इनेप्लिज २०७८ कार्तिक ४ गते ११:२५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डको बस स्टप (यात्रीयान बिसौनी)मा क्रूरतापूर्ण बलत्कार गर्ने व्यक्तिलाई ४५ बर्ष कैद सजाय सुनाईएको छ । सजाय पाएका उक्त व्यक्ति मेरिल्याण्ड गेथर्सबर्गका हुन् । उनले हाल बलात्कार गरेका हैनन उनले सन् २०१७ मा उक्त काण्ड गरेका थिए ।

उनले भयानक आक्रमण सहित बलत्कार गरेको कारण ४ दशक कारगारमा जानु परेको छ ।

३१ वर्षीय डेभिड ली विलियम्सलाई आजीवन काराबासको सजाय सुनाइएको छ। उनलाई प्रथम श्रेणीको बलात्कारको आरोपमा दोषी ठहरिएपछि ४५ बर्ष कैद सजाय सुनाईएको हो ।

उनले मेरिल्याण्डको ट्र्याविस लेन नजिकैको वाटकिन्स मिल रोड(सडक)मा अक्टोबर ६ ,२०१७ मा बिहान ५:३० मिनेटमा कुकृत्य गरेका थिए ।

“यो एक अविश्वसनीय रूप बाट क्रूर र जघन्य अपराध थियो। हामी न्यायाधीश (स्टीवन) सलान्तको सराहना गर्दछौं कि यो प्रतिवादीको लागी सामान्य सजाय दिशानिर्देशहरुलाई पार गर्नेको लागी जसले यादृच्छिक रूपमा एक शिकारको छनौट गरीयो र यस्तो क्रूर र हिंसात्मक आचरणमा संलग्न छ, ” राज्यका वकिल जोन म्याकार्थीले भने।

विलियम्सले उक्त महिलालाई लक्षित गरी त्यहा पुगेका थिए भनि डब्लुटिओपीले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया