आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:०९
वासिङटन डिसी 08:24

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ७६ हजार संक्रमित ,१,५३२ जनाको मृत्यु

इनेप्लिज २०७८ कार्तिक ४ गते १०:४२ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७६ हजार ४ सय ९६ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

गत बुधबार अक्टोबर २० दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २५ प्रतिशत न्यून भएको छ । अमेरिकामा हाल सम्म कूल ७ लाख ३१ हजार ५ सय १२ मानिसहरुको निधन भएको छ भने दैनिक औसतमा १५ प्रतिशतले मृत्यु दर घटेको छ ।

यसै गरी गत बुधबारका दिन सम्म कूल ४ करोड ५२ लाख ७ हजार १ सय १६ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ५७ हजार ७ सय ४५ मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १९ प्रतिसत घटेको छ ।

अमेरिकामा १५ लाख ७६ हजार ९ सय ८१ जनाले कोरोना जाँच गराएका छन् ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५७.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६६.१ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७९.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६८.६ प्रतिशतले लगाई सकेका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५.९ प्रतिशत र पूर्ण खोप ८४.५ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड ३४ लाख छ भने १८ करोड ९७ लाखलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )दिनेको संख्या १ करोड १० लाख पुगी सकेको छ ।

प्रतिक्रिया