आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:२६
वासिङटन डिसी 09:41

अमेरिकाय नेवाले पुर्यायो कोशेढुंगा शताब्दी संस्करण र गर्दैछ उत्सव कार्यक्रम

इनेप्लिज २०७८ कार्तिक ४ गते १०:२६ मा प्रकाशित

नेपालभाषा टाइम्सको अमेरिकामा विगत ३बर्ष देखि (Nov 6-? 2018) देखि संचालन हुँदै आइरहेका प्रसिध्द (Popular) अन्तर्वाता कार्यक्रम अमेरिकाय नेवाले हिजो आर्इतवार 17 Oct 21 का दिन सुप्रसिध्द द्वन्द निर्देशक एवं सिने कलाकार राजेन्द्र खड्‌गीसंग, डेढ घण्टा लामो (स्थानीय समय बिहान ९ बजे) अन्तरर्वाता गरी १०० औं अंक पूरा गरी नेपाल भाषाको नेपाल बाहिरबाट लिइने कार्यक्रमको इतिहास निर्माण गरेको छ । नेपाल भाषामा मात्रा नभइ नेपाली लगायत कुनै पनि भाषाको लागि यो उदाहरणीय र सह्राहनीय काम भएको छ ।

अमेरिकाको उक्त कार्यक्रमको टिममा प्रस्तोता र निर्माता प्रविन ताम्राकार हुनुहुन्छ भने प्रकाश, ध्वनि, डिजार्इनमा प्रसिध्द ग्लेमर फोटोग्राफर राजीव श्रेष्ठ, प्रविधिमा मार्केण्डय प्रधान (आर्किटेचर) र व्यवस्थापनमा अनिल रंजित हुनुहुन्छ र सल्लाहकारमा किथ फेडरम्यानलार्इ मुख्य भूमिका निभाउनु भएको छ। नेपाल टिमबाट सम्पादक सुरेश किरण, प्रविधिमा सुगन्ध श्रेष्ठ र तेज मर्हजन, सल्लाहकारमा पत्रकार विजय रत्न र पवित्र कसाः र विशेष सहयोगीमा कवियत्री प्रतिसरा सायमि हुनुहुन्छ । यस कार्यक्रमले ११ वर्ष उमेरको त्रिपिटक वाचक श्रीदिप शिल्पकार देखि शताब्दी पुरुष सत्यमोहन जोशीलाइ कार्यक्रममा समेटन सफल भएको छ भने राजनिति, विज्ञान, खेलकूद, स्वास्थ्य, संस्कृति, हास्यव्यंग्य, पप म्यूजिक, शास्त्रिय संगीत, आधुनिक संगीत, प्रशासन सिने जगत, युवा पिंढी,, साहित्य, नेवा संगठनहरू, (देश, विदेश), कूटनिति, बुध्द धर्म, सिमाना संस्कृतिका विविध पक्ष, परोपकार, पाक शिक्षा, कम्प्युटर विज्ञान, लोक संगीत, भाषा विज्ञान, वंशावली, ज्योतिष तथा वास्तु विज्ञान, नर्सिंग, नाटक भजन तथा दुइ जना मिस नेपालहरूसंग आतिथ्य अन्तरवार्ता कार्यक्रम संचालन गरिएको थियो । अनिल रंजीत बाद १० वटा मिला श्रेष्ठबाट अंग्रेजीमा ३ वटा अंक संचालन गरिएको थियो भने

बाकी सबै प्रविन ताम्राकारबाट प्रश्नकर्ताको रूपमा (होस्ट) गरिएको थियो । अमेरिकामा भ्रमणमा आउनु भएका विद्वान वर्ग, कलाकार वा विभिन्न क्षेत्रका पाहुनाहरूसंग अन्तरवार्ताको माध्यमबाट ज्ञान र रमाइलो कुराकानीको उद्देश्यले शुरू भएको यो मासिक कार्यक्रम कोभिडको महामारीको कारणले अनलाइन र साप्ताहिक कार्यक्रममा परिणत भयो र छोटो समयमा १०० अंक पूरा गर्न सफत पनि भयो । यही कार्यक्रमले बुध्द जयन्तिके अवसरमा अतिरिक्त ज्ञानमाला भजन र “ छिनाप झिन्यागु मिनेटया ??“ (तपाईसंग १५ मिनेटको बसाइ) नामको लोकप्रिय कार्यक्रम पनि प्रस्तुत गरी गुरु पूर्णिमा देखि अहिलुसम्म ११ अंक पूरा गरिसकेको छ ।

कोशेढुंगा १०० अंक पूरा गरेको अवसरमा ११० जना अन्तरवार्ताका करिव १५–२० जना पाहुनाहरूलाई परम्परागत सगुन दिने, संगीत, फेशन शो र परम्परागत नेवा खाना सहित यही Oct 23 का दिन साझ फक्वादरहित कम्यूनिटी सेन्टरमा आमन्त्रितहरूका लागि मात्र उत्सव कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रमलाई घिमिरे होम्स र कृष्ण पाउरोटीद्वारा प्रमुख प्रायोजन गरिएको छ भने संगठनहरूमा NPPA र NOA बाट व्यवसायहरू क्लासिक डायमण्ड, एभरजाने ट्राभल्स, एवरग्रीन रियाल्टर्स, फोटो बैंक र लिवर्टी म्यूचभत (भरत बराहती) बाट 12 सहप्रायोजन भएको छ । यसमा थुपै परिवारहरूबाट पनि रात्री भोजन तर्फ सहयोग र समर्थन प्राप्त भएको छ ।

नेपालबाट विशेष रूचि साथ हेरिने यस कार्यक्रमलाई अमेरिकाको विभिन्न राज्य, क्यानाडा, यूरोपबाट उतिकै मन पराइएको छ भने भविष्यमा यस कार्यक्रमले दुवै एक घण्टा र नया १५ मिनेटको कार्यक्रम सन्तुलन ल्याउने जानकारी आयोजनका तर्फबार प्रविन ताम्राकारले बताउनु भयो ।

यस कार्यक्रमको प्रभाव नेपालमा मात्र नभर्इ अन्य देशहरूमा पनि उत्तिकै हुनुको एउटा बलियो उदाहरण धेरै अन्य कार्यक्रमको पनि विगत १-२ बर्षमा खास गरेर अनलाइन क्षेत्रमा विकसित भएको देखिन्छ । 23 अक्टोवरको कार्यक्रममा सुप्रसिद्ध पप कलाकार संजिप प्रधानसंग १५ मिनटको छोटो नमुना अन्तरवार्ता पनि लिने गोजना कार्यक्रमका परिकल्पनाकार राजीव श्रेष्ठले बताउनु भयो । त्यस्तै वहालाईडिजाइनर नितिमा लिम्बुको फेशन शो साडी बिक्री पनि हुने कुरा बताउनु भयो।

प्रतिक्रिया