सिता भण्डारीले न्याय पाइनन्,पैसा पाएपछी माइतीले सीताको अन्तिम संस्कार गर्‍यो, बिचमा परे अभियानता

इनेप्लिज २०७८ कार्तिक ४ गते १०:२० मा प्रकाशित

करिब डेढ महिना देखी रुपन्देहीमा सीता भण्डारीको न्यायको लागि भन्दै सुरु भएको आन्दोलन रोकिएको छ।सीताका माइती पक्षले शवको अन्तिम संस्कार गरेका छन्।सीताको मृत्यु भएको ४६ दिन पछि उनको अन्तिम संस्कार भएको हो।सीताको रहस्यमय निधन भएको र परिवारलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए।रुपन्देहीको मणिग्रामको बहुचर्चित भनिएको सीता भण्डारी पौडेल मृत्यु घटना पैसाको लेनदेनमा सकिएको हो।

माइती पक्षले सीताको श्रीमानका परिवारवाट ११ लाख रुपैया लिएर सहमति गरेका छन्।उनीहरुले यस्तो सहमति गरेपछि जस्टिस फर सीता भन्दै अभियान चलाएकाहरु पनि अचम्म परेका छन्।

गत भदौ २० गते बिहान सीता आफ्नै कोठामा मृ त फेला परेकी थिइन्।तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम स्थीत घरमा मृ त फेला परेकी सीताका माइतीले लामो समय देखि आन्दोलन गर्दै आएका थिए।भण्डारीको मृत्यु भएको ४६ दिनपछि मात्रै माइती पक्षले पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेपछि बुधबार अन्त्येष्टि गर्न सहमति दिएका थिए।

तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा बुधबार सीताको अन्तिम संस्कार गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिका(१७ गंगोलियामा रहेको मध्यस्थकर्ताको घरमा भएको लिखित सहमतिअनुसार सीताका ससुरा देवी पौडेलले सीताका भाइले भिनाजु (टीका पौडेल)लाई दिएको सापटी एक लाख रुपैयाँ र विवाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाँको चेक दिए पछि सहमति भएको हो । उनीहरुले सीतालाई विवाहमा दिएको दाइजो यस अघि नै फिर्ता लगेका थिए।

गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डि एको अवस्थामा फेला परेकी सीताको न्यायको लागि भन्दै ‘जस्टिस फर सीता भण्डारी’ भन्ने अभियान सञ्चालन गरेर आन्दोलन जारी थियो।

प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट ‘।।।मलाई माफ गरिदिनुहोला,मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु,मलाई यो जिन्दगीबाट पुग्यो।म सकिनँ बाँच्न’ भनी लेखिएको नोट फेला परेको थियो।तर माइती पक्षले भने सीतालाई यस्तो अवस्थामा पुर्याउने उनकै परिवार हो भन्दै कारवाहीको माग राखेका थिए।

सीताका बुवा हरिप्रसाद भण्डारीले जाहेरी दिएपछि सीताका श्रीमान टीका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेल दुरूत्साहन मु द्दामा पुर्पक्षका लागि थुनामा गएका छन्।२७ वर्षीया सीता आफ्नै घर कोठामा मृ त अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान भएको थियो।

प्रतिक्रिया