आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:२०
वासिङटन डिसी 08:35

बानाको दशैं-तिहार विशेष कार्यक्रममा श्रृंखला खतिवडा,किरण गजमेर लगायत आउने

इनेप्लिज २०७८ कार्तिक ३ गते २२:५७ मा प्रकाशित

बानाको दशैं-तिहार विशेष कार्यक्रममा श्रृंखला खतिवडा,किरण गजमेर लगायत आउने भएका छन् । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका- (बाना)ले आगामी ३० अक्टोबर शनिवारका दिन दशैं-तिहार विशेष कार्यक्रम राखेको छ ।

उक्त दशैं-तिहार विशेष कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेर,२०१८ की पूर्व नेपाल सुन्दरी श्रृंखला खतिवडा, लोक गायक नारायण रायमाझी, नायक दिलिप रायमाझी, श्रृजना बिरही थापा लगायतको सहभागिता हुने भएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा बानाले बाल्टिमोरमा गायक गजमेर र पूर्व नेपाल सुन्दरी खतिवडा सहित लोक गायक नाराराय माझी, नायक दिलिप रायमाझी, हाँस्य कलाकार शिवहरी पौडेल, लोक दोहोरी गायिका श्रृजना बिरही थापा, राजन ठकुरी, सपना गुरूङ, सम्झना गुरूङ, अपेक्षा सिह, रूवी पौडेल, कृपा ढकाल सहित स्थानिय कलाहरुको प्रस्तुती हुने बानाका महासचिव तथा कार्यक्रम संयोजक महासचिव किरण ढकालले जानकारी दिए ।

बेलुका ७ बजेदेखि १२ बजेसम्म शहरको मध्य भाग स्थित प्रेस्टन हल (सभा कक्ष )कार्यक्रम गर्न लागेको र सबैलाई उपस्थितिको लागि अध्यक्ष सुवोध विलास पन्तले ईनेप्लिज मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया