पोखरामा दशैको बेलामा घर पछाडी भे’टियो श’व कसको होला?-नसोचेको घ’टना भएपछि गाउमा खैलाबैला

इनेप्लिज २०७८ कार्तिक ३ गते २२:१६ मा प्रकाशित

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २९ पटनेरीको खरबारी पाखोमा एकजना पुरुषको शव फेला परेको हो।

असोज ३१ गते बिहानको अन्दाजी ०९;०० बजेको समयमा नामथर उमेर वतन समेत नखुलेको वर्ण गहुँ गोरो,चुच्चो नाक, कपाल छोटो (खुईलो टाउको),उचाई ५ फिट २ ईन्च,बायाँ हातमा कान्छी औंला नजिक ३ वटा स्टारको ट्याटु र सोही हातको नाडीमा चिलको जस्तो चित्र भएको ट्याटु खोपेको,हरियो रंगको ट्रयाक, कालो जाँगे,कालो ज्याकेट लगाएको अन्दाजी वर्ष ३०/३२ को जस्तो देखिने हुलिया भएको पुरुष मानिस मृत अबस्थामा फेला परेको प्रहरिले जानकारी दिएको छ ।

यस स्थानमा पुरुषको शव फेला परको भन्ने जानकारी प्राप्त हुन् साथ् ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाक कास्कीबाट अनुसन्धान टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान पश्चात उक्त लास पोष्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा ल्याई राखिएको र लासको हालसम्म सनाखत हुन नसकेको हुँदा कोही आफन्त वा चिनजानको व्यक्ति भएको शंका लागेमा सम्पर्कमा आउनु हुन् जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन्।

प्रतिक्रिया