आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:२१
वासिङटन डिसी 09:36

एफडीएले दियो मोडेर्ना र जोन्सन एण्ड जोन्सन खोपको अभिवर्धक खुराकलाई स्वीकृति

इनेप्लिज २०७८ कार्तिक ३ गते २२:०३ मा प्रकाशित

एफडीएले मोडेर्ना र जोन्सन एण्ड जोन्सन खोपको अभिवर्धक खुराक (बुस्टर डोज)लाई स्वीकृति दिएको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनका (एफडीए)ले मोर्डना र जोन्सन एण्ड जोन्सनको कोभिड -१९ बिरुद्धको बुस्टर डोज (अभिवर्धक खुराक)प्रयोगको लागि अनुमति दिएका छन् । अक्टोबर २० बुधबारका दिन अनुमति दिदै अब ३ वटा खोपहरु अभिवर्धक(बुस्टर डोज)लिन सकिने जनाएको छ ।

एफडीएले कम्तिमा ६ महिना पहिले पूर्ण खोप लगाएका व्यक्तिहरु जो कम्तिमा ६५ बर्ष उमेर र माथिकालाई आकस्मिक रुपमा प्रयोग गर्न अनुमति दिएको छ । यसको साथै १८ बर्ष माथि उमेरकाहरु जो कोरोनाको उच्च जोखिममा भएकालाई समेत आधा खुराक दिन सकिने जनाएको छ ।

यसै गरि जोन्सन एण्ड जोन्सनको खोपको बूस्टर डोज(अभिवर्धक खुराक)लाई पनि अधिकार दिएको छ ।

तर जोन्सन एण्ड जोन्सनको हकमा कोभिड -१९ बिरुद्ध एक खोप लगाएको व्यक्तिले कम्तिमा २ महिना पछि लगाउन सिफारिस गरेको छ । एफडिएले जोन्सन एण्ड जोन्सनको अभिवर्धक खुराक खोप १८ बर्ष र माथिका सबैलाई दिन सकिने बताएको छ ।

प्रतिक्रिया