आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:१२
वासिङटन डिसी 08:27

तालिबानलहरु अफगानिस्तानमा पोलियो खोप बच्चाहरुलाई दिन सहमत

इनेप्लिज २०७८ कार्तिक ३ गते ११:२० मा प्रकाशित

तालिबानहरु अफगानिस्तानमा पोलियो खोप बच्चाहरुलाई दिन सहमत भएका छन् ।

तालिबानले संयुक्त राष्ट्रसंघको अभियानमा सहमति जनाएपछि सन् २०१८ पछि पहिलो पटक अफगानिस्तानका ५ वर्ष मुनिका सबै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन संयुक्त राष्ट्र संघ एजेन्सी(सँस्था)हरु तयारीमा जुटेका छन्।

विगत तीन बर्षदेखि तालिबानले संयुक्त राष्ट्रसंघले आयोजना गरेको खोप टोलीहरुलाई अफगानिस्तानको नियन्त्रणमा रहेको घरहरुमा घर दैलो अभियान गर्नबाट रोकेका थिए ।

उनीहरु पश्चिमी देशका सरकारका जासूस हुन सक्ने आशंकाबाटअहिले त्यो मानसिकता हटाएका छन् । प्रतिबन्ध र लडाईको कारण ३३ लाख बच्चाहरुलाई विगत तीन बर्षमा खोप लगाइएको छैन।

अफगानिस्तानको शासक बनेपछि तालिबानले गरेको सहमति अब उनीहरु अन्तर्राष्ट्रिय एजेन्सीहरुसंग सहकार्य गर्न इच्छुक रहेको देखाउने उद्देश्यले देखा परेको छ । लामो समयदेखि उग्रवादी विद्रोही बलले आफ्नो नयाँ सरकारको विश्व मान्यता प्राप्त गर्न र बिग्रिएको अर्थतन्त्रलाई बचाउन अन्तर्राष्ट्रिय सहायताको ढोका फेरि खोल्न खोजेको छ।

तालिबान नेतृत्वले आफ्नो सम्झौताको पुष्टि गरेको छैन, र तालिबान अधिकारीहरु तुरुन्त टिप्पणीको लागी अनुरोधमा प्रतिक्रिया दिईएन भनि एबिसीन्युजले समाचार प्रकाशित गरेको छ ।

तर बिश्व स्वास्थ्य संघ (डब्ल्यूएच)ओ र संयुक्त राष्ट्रसंघीय बालबालिका संस्था (एजेन्सी) युनिसेफले सोमबार एक विज्ञप्तिमा जारी गरि उनीहरुले तालिबान नेतृत्वको निर्णयलाई देशव्यापी घरदैलो अभियान अन्तर्गत घरघरमा पोलियो खोपको स्वीकृतिलाई समर्थन गर्ने स्वागत गरेका छन्।

प्रतिक्रिया