आइतबार, मंसिर १९ २०७८
काठमाडौं २१:०१
वासिङटन डिसी 10:16

भर्जिनियामा हुने बृहत दशैँ तिहार मेलामा भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर आउने

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिने

विजय थापा २०७८ कार्तिक ३ गते ०:३१ मा प्रकाशित

डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने बृहत दशैँ तिहार मेला २०२१ मा भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर आउने भएका छन् । गायक गजमेर आउने भए पछि डिसी क्षेत्रका दर्शकहरु निकै उत्साहित भएका छन। उनलाई नेपालमा भएको प्रतियोगितामा सामाजिक संजाल मार्फत मात्र उनका गीत सुनेका श्रोता तथा दर्शकहरु खुसीले गदगद भएका छन् ।

साथै अक्टोबर २३ शनिबारका दिन आयोजना हुने दशैँ तिहार मेलामा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान समेत गरिने छ । वरिष्ठ कलाकार श्रेष्ठले उहाले यस क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्ने सम्मान गरिन लागेको हो । श्रेष्ठको उपस्थितिले सुनमा सुगन्ध थपिने छ । साथै उनकी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठको पनि प्रस्तुति रहने छ ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले सयुक्त रुपमा आयोजना गर्नेछ ।

उक्त कार्यक्रम मनासस शहरको रोज गोल्ड इभेन्ट्स सेन्टरमा हुनेछ । कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति हुनेछ । साथै उक्त कार्यक्रममा नेपाली खानाका प्रदर्शनी कक्ष ,किनमेलका प्रदर्शन कक्ष लगायत बिभिन्न जानकारी मूलक प्रदर्शनी कक्षहरु समेत रहने छन् ।

कार्यक्रममा चर्चित कलाकारहरु बाबु बोगटी ,अन्जना गुरुङ,आभा मुकारुंग ,चर्चित हास्य कलाकार गोपाल फिस्टे, लोक दोहोरी चर्चित गायक गायिका लक्ष्मण पौडेल ,कल्पना देवकोटा ,रमेश परियार ,त्यस्तै चर्चित गायक बिन्ती कुमार गुरुङ ,रिता श्रेष्ठ ,राहुल केसी तथा अर्जुन घिमिरेको प्रस्तुति रहने छ ।

साथै केसी डान्सको प्रस्तुति,इनास मेरिल्याण्ड,इनास केन्टकी,इनास पेन्सेल्भेनिया र साथमा स्थानीय एएनएसएस पाठशाला मनासस,नेपाली पाठशाला सेन्टरभिल,आदर्श समाज हर्नडनको प्रस्तुति समेत रहने छ । कार्यकम सफल पार्न डिसी महानगर क्षेत्रका सम्पूर्ण संघ/संस्था लगायत विशिष्ट व्यक्तित्वहरुले दिल खोलेर होस्टेमा हैसे गरि सहयोग गरेका छन् ।

कार्यकमलाई तीन चरणमा बाधिएको छ । सांस्कृतिक ,डानसिङ्ग विथ स्टार (अर्थात् प्रसिद्ध कलाकारहरुसंग नृत्य)र अन्त्यमा डिजे रहने छ ।

प्रतिक्रिया