लघुकथा धोका

अरुणबहादुर खत्री “नदी” २०७८ कार्तिक २ गते ११:२३ मा प्रकाशित

 

राजुको पुरानो साथी जीतकुमारीसँग भेट भयो।जीतकुमारीले राजुको केटाकेटी कतिजना भयो ? भनिन्।“मेरो विवाह भएको छैन आफूलाई सुहाउने केटी खै जुराउनै सकेन” राजुले भने।“तपाईलाई सुहाउने खालकी केटी म खोजीदिन्छु नि त तपाईको विवाहको भोज पनि खान पाइन्छ” भन्दै राजुको मोबाइल नम्बर जीतकुमारीले टिपिन्।एकहप्ता पछि राजुको मोबाइलमा फोन गरेर “तपाईलाई भने जस्ती सुहाउने केटी मैले फेला पारेको छु” भनेर केटा र केटीलाई भद्रकाली मन्दिरमा बोलाएर हेर्न लगाइन्।केटाकेटी दुबैको एक आपसमा मन मिल्यो र केटालाई जीतकुमारीले केटी मन प¥यो कि परेन? प्रश्न गरिन्।

“मलाई केटी मन पर्यो ” टाउको हल्लाएर राजुले भने।त्यसपछि उनीहरुको विवाहको लगनको दिन पुरोहितलाई हेर्न लगाएर भद्रकाली मन्दिरमा नै उनीहरुको विवाह सुसम्पन्न भयो।विवाहको कार्य सकिएपछि केटीको क्याम्पसमा सँगै पढ्दाखेरी एक आपसमा प्रेम भएको केटाले मेरो गर्लफ्रेण्डसँग तैंले विवाह गर्ने भनेर दुलाहाका गालामा थप्पड हान्यो।राजुको गालामा त्यो केटाले थप्पड हानेपछि “तिम्रो प्रेमिकाले मेरो ब्वाइफ्रेन्ड छ हामीलाई किन नभनेको त हाम्रो यसमा के गल्ती छ र ?” राजुले भने।“मलाई यस्तो धोका दिने तिमीले भनेर राजुसंग विवाह भएको केटीलाई त्यो केटाले तानेर मोटरसाइकलमा हालेर आफ्नो बाटो लाग्यो।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग, ९३५÷५४
काठमाडौं (नेपाल)

प्रतिक्रिया