आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:३०
वासिङटन डिसी 08:45

हैटीमा गिरोहले अपहरण गरेका १७ जना अमेरिकी र क्यानाडेली धर्म-प्रचारकहरुलाई रिहा गर्न १ करोड ७० लाख डलरको माग

इनेप्लिज २०७८ कार्तिक २ गते १०:५७ मा प्रकाशित

हैटीमा गिरोहले अपहरण गरेका १७ जना अमेरिकी र क्यानाडेली धर्म-प्रचारकहरुलाई रिहा गर्न १ करोड ७० लाख डलरको माग गरेका छन् । उनीहरुले हरेकको लागि १ मिलियन अर्थात् १० लाख डलरको माग गरेका छन।

१७ जना अपहरणमा परेकोले जनही १० लाख डलर मागेको वाल स्ट्रिट जर्नलले जनाएको छ । गत सोमबार उनीहरुले त्यति रकम मागेको हैटिका उच्च पदाधिकारीहरुले बताएको समाचार सिएनएनले लेखेको छ ।

पहिले १७ जना नै अमेरिकी नागरिक भएको भनिएता पनि त्यसमा १ जना क्यानाडेली नागरिक रहेको सिएनएनले समाचारलाई अध्यावधिक गरेको छ । प्रहरीक आनुसार उनीहरुलाई अपहरण गर्ने शक्तिशाली ४०० माओजो नामक अपहरण गिरोहले गरेको बुझिएको छ । हैटीका न्याय मन्त्रिले गत सोमबार धर्म-प्रचारकहरुलाई सुरक्षित रुपमा एक उपनगर क्षेत्रको बाहिर बन्धक बनाईएको जनाएका छन् ।

अमेरिकी एफबिआइ र हैटीका प्रहरीहरु ती अपहरणकारीहरु संग समपर्कमा रहेको र सम्झौता भै रहेको जनाएका छन् । उक्त वार्ता केही हप्ता सम्म लाग्ने समेत जनाईएको छ ।

उक्त अपहरणमा ५ जना पुरुष ७ जना महिला र ५ जना बच्चाहरु रहेका छन् । साथै ८ महिनाको बच्चा ,नाबालिगहरुमा ३,६,बर्षका र १४ र १५ बर्षका किशोरहरु पनि रहेका छन् ।

गत शनिबार मिशनरीहरु गाडीबाट यात्रा गरी राजधानी पोर्ट-औ-प्रिन्सको उत्तरमा रहेको टिटानयेन यात्रा गरि रहेका थिए । क्रोइक्स देस बुक्वेट्स क्षेत्रमा एक अनाथालयमा भ्रमण गएर टिटानयेन जाँदै थिए। उनीहरुलाई दुई ठाउँको बीचको बाटोमा अपहरण गरिएको थियो।

प्रतिक्रिया