राष्ट्रव्यापी कविता प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि,हेटौडाका सजित विश्वकर्मा प्रथम

इनेप्लिज २०७८ कार्तिक २ गते ७:५१ मा प्रकाशित

प्रथम हुने सजित विश्वकर्मा

पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न राष्ट्रव्यापी कविता प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि हेटौडा,मकवानपुरका विद्यार्थि सजित विश्वकर्मा प्रथम भएका छन।त्यस्तै प्रतियोगितामा मेलुङ दोलखा घर भई हाल ग्याल्यासियर इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत् राजु उवरकोटी द्वितीय र आदर्श मावि,स्याङ्जामा अध्ययनरत विविका रणपाल तृतीय भएका छन्।प्रतिष्ठानबाट जातिय विभेदका तथा असमानताका विरुद्ध जनचेतना अभिबृद्धि गर्न र दलित तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई यस विषयमा कविता लेखनमा अभिप्रेरित गर्न प्रतिष्ठानबाट कविता प्रतियोगिता पहिलो पटक आयोजना गरिएको होे।यस्तो प्रतियोगिता प्रतेक वर्ष गरिने कुरा प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष पदम विश्वकर्माले जनाउनु भयो।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय पुरस्कृतहरुलाई क्रमशःतीसहजार,बीसहजार र दशहजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठनानले जनाएको छ।

द्वितीय हुने राजु उवरकोटी

प्रतियोगितामा २०७८ श्रावण १ गते देखि भाद्र २० गतेसम्म माद्यमिक तह (१२ कक्षासम्म) मा अध्ययनरत् विद्यार्थिहरुबाट प्राप्त कविताहरु छनोटका निम्ति साहित्यकार रणेन्द्र बरालीको संयोजकत्वमा साहित्यकार बाबा बस्नेत र कवि आर.बि निश्चलसहितको छनोट समिति गठन गरिएको थियो।उक्त समितिको सिफारिशको आधारमा प्रतिष्ठानबाट यो निर्णय गरिएको हो।

तृतीय हुने विविका रणपाल

प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीहरुलाई काठमाडौंमा यही कार्तिक ७ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने एक समारोहमा नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता व्यवस्थापन समितिका संयोजक डा.मानबहादुर बीकेले जानकारी गराउनु भयो।

 

प्रतिक्रिया