पोखरामा र्‍याप गीत मार्फत चर्चा कमाउदै आएका हाकुको कथा -भिडियो सहित

इनेप्लिज २०७८ कार्तिक १ गते २२:२५ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नम्बर १३ ढुंगेसाघु बस्दै आएका बिजय श्रेष्ठ (हाकु भाई )यति बेला सामाजिक संजालमा भाईरल हुदै आएका छन्।

पोखराबाट र्‍याप गीतहरुमा अग्रसर हुदै आएका उनी सानो उमेर देखि नै गित गाउदै आएका थिए।बिशेष गरी युवा पुस्ताले रुचाउने र्‍याप गीत गाउने उनी यति बेला र्‍याप गीत बाट निकै चर्चामा आएका हुन्।

बुवा आमासंग पोखरामा बस्दै आएका उनले २१ वर्षको उमेरमा नै धेरै प्रगती गरेका छन्।दिउसोमा बुवाको पेशामा सहयोग गर्दै आएका उनी बिहान र बेलुका फुर्सद निकालेर र्‍याप गीत लेख्ने र निकाल्ने गर्छन।

र्‍याप गीत भन्ने बित्तिकै धेरैले नकारात्मक तरिकाले सोच्ने गरेपनि आफुले समाजमा सुहाउने र सबैले सुन्न मिल्ने गीतहरु प्रस्तुत गर्ने प्रयासमा रहेको उनले बताएका छन्।

समाजमा घट्ने घटनालाई र्‍याप गीतको माध्यमबाट समाजमा चेतना ल्याउने गरी प्रस्तुत गर्नु नै आफुहरुको मुख्य लक्षय रहेको र सबैको साथ् सलाहले आफु यस स्थानमा आएको उनको भनाई रहेको छ।

तल भिडियोमा हेर्नुहोस हामीले उनीसंग एउटा अन्तर्वार्ता तयार पारेका छौ । कसरी अगाडी बढ्दै छन् त् र्यापर हाकु ?

प्रतिक्रिया