के थियो ? (छोटो कविता )
मित्र उराठी गौतम अमरपुर- गुल्मी हालः बुटवल
२०७८ कार्तिक १ गते २२:१९ मा प्रकाशित

गोधुली साँझमा
उभिएर
अग्लो शिखरमा !
देख्छु
क्षितिज पारी
टिलपिल टिलपिल
टल्किएको
के त्यो
तिम्रो नयन थियो ?
वा
मेरो भ्रम ??
– मित्र उराठी गौतम
अमरपुर- गुल्मी
हालः बुटवल
प्रतिक्रिया