आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:०४
वासिङटन डिसी 08:19

बसन्तको पिउँदा पिउँदा अब यु ट्युबमा

इनेप्लिज २०७८ कार्तिक १ गते २१:१५ मा प्रकाशित

गायनमा तीन सशक भन्दा लामो इतिहास बनाइसकेका गायक बसन्त खड्काले आफ्नो बहुचर्चित गीत “पिउँदा पिउँदा” हालै आफ्नै यु ट्युब च्यानल कञ्चन म्युजिक इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्।यस गीतका गीतकार वरिष्ठ गीतकार यादव खरेल हुन् भने संगीतकार चाही शुभ बहादुर सुनाम हुन्।करिव २ दशक अघि म्युजिक नेपालले बजारमा ल्याएको “पिउँदा पिउँदा” गीतलाई नविन निरौलाले बनाएको आकर्षक लिरिकल भिडियोका साथ सार्वजनिक गरेको हो।

विश्वभर छरिएका आफ्ना स्रोताहरूको मागलाई ध्यानमा राखी यु ट्युबमार्फत चाहेको बेला सुन्न सकियोस भनेर आफुले यो गीतलाई प्रविधिको प्रयोग गरी पुन सार्वजनिक गरेको बताउञ्छन गायक बसन्त खड्का।हाल अमेकिकाको नर्थ क्यरोलाइना स्थायी बसोबास भएका खड्काले मृगतृष्णा नामक एल्वम स्रोतासामु ल्याएका थिए भने गोधुली,लालिमा छहरा,वेष्ट अफ वसन्त खड्का १ र २ लगायतका गीति एल्बम बजारमा ल्याएका छन्।हाल उनी कञ्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसंग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन्।उनी भन्छन,मैले दर्जनौ गीत गजल गाएँ। तर “पिउँदा पिउँदा” यस्तो गीत बन्यो,जसले मलाइ मलाइ सांगीतिक क्षेत्रमा “गायक” भनेर स्थापित गरायो।

तपाइँ पनि सुन्नुस बसन्तको चर्चित गीत “पिउँदा पिउँदा”

प्रतिक्रिया