आइतबार, मंसिर १९ २०७८
काठमाडौं २१:०६
वासिङटन डिसी 10:21

अलाबामाको अमेरिकी भकुण्डो खेल रङ्गशाला बाहिर ४ जनालाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ

इनेप्लिज २०७८ कार्तिक १ गते ११:२३ मा प्रकाशित

अलाबामाको अमेरिकी भकुण्डो खेल रङ्गशाला बाहिर ४ जनालाई गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । अलाबामाको मोबाईल शहरमा गत शुक्रबार राती एक माध्यमिक बिद्यालय स्तरीय अमेरिकी भकुण्डो (फुटबल )खेलको दौरानमा रङ्गशाला बाट बाहिर निस्कने र्‍याम्प(घुम्ने सिढी ) मा चार जनालाई गोली हानि भागेका १९ बर्षिय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मोबाइल प्रहरीका अनुसार जे स्कट नामकका उक्त व्यक्तिलाई गत शनिबार पक्राउ गरि अभियोग समेत लगाईएको छ । उनलाई ५ वटा हत्याको प्रयासको गणनामा अभियोग चलाईएको छ । अहिले सम्म उनले किन गरे भन्ने बारेमा प्रहरीले खुलासा गरेका छैनन ।

उक्त गोली काण्डमा चार जना पीडित मध्ये दुई जना किशोर रहेका थिए । उक्त घटना ल्याड पीबल्स स्पोर्ट्स एण्ड एन्टरटेन्मेन्ट कम्प्लेक्स (भवन )बाहिर भएको थियो ।

तीन पुरुष र एक महिलालाई स्थानीय अस्पताल लगिएको छ भने जहाँ एकको अवस्था गम्भीर रहेको थियो । “विलियमसन हाई स्कूल र जोग हाई स्कूल बीच फुटबल खेल” रोकिएको थियो ।

रंगशाला भित्र कुनै गोली नचलेको र “गोली पश्चिमी र्‍याम्पमा गोली हानिएको थियो । प्रहरीका अनुसार कम्तीमा दुई जना मानिसहरु सेतो रंगको सेडान सवारी साधन (कार)मा सवार थिए र गोली हाने पछि घटनास्थलबाट उनीहरु भागेको बताएका थिए ।

प्रतिक्रिया