आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:०६
वासिङटन डिसी 09:21

पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट उपचार पछि रिहा

इनेप्लिज २०७८ असोज ३१ गते २१:०१ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन क्यालिफोर्नियाको अस्पतालबाट उपचार पछि रिहा भएका छन् । ७५ वर्षीया क्लिन्टन गत मंगलबार कोभिड-१९ सँग सम्बन्धित नभएको संक्रमणको कारण अस्पताल भर्ना भएका थिए ।

क्लिन्टनलाई एक युरोलोजिकल संक्रमण(मुत्र सम्बन्धि समस्या )रहेको र जुन उनको रक्तप्रवाहमा फैलिएको थियो । क्लिन्टन आफ्नी पत्नी तथा पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनको साथमा अस्पतालका कर्मचारीहरुलाई अभिवादन गर्नु अघि पाखुरा समातेर बाहिर आएका थिए ।

क्यालिफोर्निया विश्वविद्यालय अर्वाइन चिकित्सा केन्द्र (मेडिकल सेन्टर)स्वास्थ्य विभागका कार्यकारी निर्देशक चिकित्सक अल्पेश एन अमीन जो क्लिन्टनको चिकित्सा टोलीको निरीक्षण गरिरहेका थिए उनले क्लिन्टनको रिहाई पछि एक वक्तब्य जारी गरेको समाचार सिएनएनले लेखेको छ ।

“राष्ट्रपति क्लिन्टनलाई आज अर्वाइन चिकित्सा केन्द्रबाट रिहा गरियो। उनको ज्वरो र स्वेत रक्तकोषको संख्या सामान्य छ, र उनी प्रतिजैविकको मात्रा (एन्टिबायोटिक कोर्स )पूरा गर्न न्युयोर्क फर्कनेछन्,” अमीनले लेखे।

“यूसी अर्वाइन मेडिकल सेन्टरमा सबैको तर्फबाट, हामी उहाँको उपचार गर्न पाउँदा सम्मानित भएका छौ र उहाँको प्रगतिको अनुगमन गर्न जारी राख्नेछौं।”

क्लिन्टनलाई गत हप्ता उक्त अस्पतालको संघन कक्षको इकाईमा मूत्र मार्गमा संक्रमण भए पछि भर्ना गरिएको थियो जुन उनको रगतमा फैलिएको थियो।

पूर्व राष्ट्रपति उपचारको दौरानमा राम्रो अवस्थामा थिए । उनको गोपनीयता र सुरक्षाको लागी संघन कक्षमा (आईसीयू) मा उनको गहन हेरचाहको आवश्यकताको कारण उनलाई उपचार गरीएको उनले बताए ।

प्रतिक्रिया