आइतबार, मंसिर १९ २०७८
काठमाडौं २१:०५
वासिङटन डिसी 10:20

डिसीमा कुकुरको आक्रमणबाट एक किशोर र नाबालिग सहित ३ जना घाइते

इनेप्लिज २०७८ असोज ३१ गते १४:४५ मा प्रकाशित

वाशिंगटन डिसीमा कुकुरको आक्रमणबाट एक किशोर र नाबालिग सहित ३ जना घाइते भएका छन् । उक्त घटना गत शनिबार भएको हो । डिसी प्रहरीका अनुसार दुई वटा कुकुरहरुले उनीहरुलाई आक्रमण गरेका थिए ।

वाशिंगटन डिसीको दक्षिणपुर्वमा बिहान ११:३० मिनेटमा उक्त घटना भएको थियो । पीट बुल्स जातिका कुकुरहरुले आक्रमण गरे पछि प्रहरीहरु त्यहा पुगेका थिए । डिसीको मिनेसोटा एभेन्यु(मार्ग)को एक आवासीय भवन(अपार्टमेन्ट)मा उक्त दुखद घटना हुन् पुग्यो ।

कुकुरहरुको आक्रमणबाट १५ बर्षिय किशोर गम्भीर घाइते भएका छन भने उनि खतरामुक्त रहेको प्रहरीले जनाएका छन् । दुई अन्य नाबालिगहरुलाई सामान्य चोट लागेको छ भने तीनै जनालाई अस्पताल लागिएको छ भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

प्रतिक्रिया