आइतबार, मंसिर १९ २०७८
काठमाडौं २१:०३
वासिङटन डिसी 10:18

कोरोना बिरुद्ध खोप नलागेका मानिसहरु कोभिड-१९ बाट मृत्यु हुने जोखिम ११ गुणा बढी

इनेप्लिज २०७८ असोज ३१ गते १३:३२ मा प्रकाशित

कोरोना बिरुद्ध खोप नलागेका मानिसहरु कोभिड-१९ बाट संक्रमण भएमा मृत्यु हुने जोखिम ११ गुणा बढी हुने सिडिसीले जनाएको छ ।

सिडिसीले आफ्नो आधिकारिक संजालस्थल (वेबसाइट)मा गत महिना पहिले नै जारी गरेको तथ्याँकलाई अध्यावधिक गरेको छ । उक्त तथ्याँक अनुसार डेल्टा प्रजातिको कोरोनाको संक्रमण भएमा मृत्यु हुने जोखिम बढी हुने र खोप लगाएकाहरुलाई अप्रत्यासित रुपमा न्यून गर्ने जनाएको छ ।

साथै खोप लगाएमा डेल्टा प्रजातिको आक्रमण भएमा पनि खोपले न्यून गर्ने र मृत्यु जोखिम न्यून हुने बताएको छ ।

गत अगस्त महिनामा ११ वटा राज्यहरुमा लिएको संघीय तथ्या्क अनुसार खोप नलागेका मानिसहरुमा कोभिड-१९ को संक्रमण ६ गुणा बढी र भाइरसबाट मर्ने जोखिम ११ गुणा बढी हुन्छ भनि तथ्याङ्क प्रस्तुत गरेको छ ।

प्रत्येक उमेर समूहमा खोप नलगाएका जनसंख्याको बीच कोभिड-१९ को लागी मृत्यु दर उच्च रहेको थियो । ८० वर्ष वा माथिका अमेरिकीहरु प्रति व्यक्ति पूर्णरुपमा खोप लगाएका मानिसहरुमा मृत्युको उच्चतम दर थियो ।

यद्यपि उनीहरुको मृत्यु जोखिम उही उमेर समूहमा तुलना गर्दा खोप लगाईएका समकक्षीहरु भन्दा ५ गुणा कम थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया