प्रभावमा साम्राज्ञीको बोल्ड अवतार (भिडियो सहित)

इनेप्लिज २०७८ असोज ३१ गते ११:३६ मा प्रकाशित

पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ।समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो।

यस्तैमा चलचित्र समेत छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्ने गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छिन् ।उनले बोल्ड दृष्य दिएको प्रभाव बोलको गीतको म्युजिक भिडियो पछिल्लो पटक सार्वजनिक भएको हो।

प्रकाश विक्रम थापामा शब्द,संगीत र स्वर रहेको उक्त गीतमा संगीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ।शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काको रोमान्स देख्न सकिन्छ।

इन्डोर दृष्यलाई प्राथमिकता दिएको भिडियोमा सुशन मगरको छायाँकन,प्रविण श्रेष्ठको सम्पादन रहेको छ भने प्रकाश विक्रम थापा भिडियोका निर्माता हुन्।

बाँकी यो भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया