आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:१९
वासिङटन डिसी 09:34

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ८३ हजार संक्रमित,१५७० जनाको मृत्यु

तेश्रो खोप दिनेको संख्या १ करोड,६५ बर्ष भन्दा माथिकालाई ८४.३ प्रतिशत पूर्ण खोप

इनेप्लिज २०७८ असोज ३१ गते १०:०६ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८३ हजार ७ सय ३ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ५ सय ७० जनाको मृत्यु भएको छ ।

गत शनिबार अक्टोबर १६ दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २३ प्रतिशत न्यून भएको छ । अमेरिकामा हाल सम्म कूल ७ लाख २४ हजार ३ सय १७ जनाको निधन भएको छ भने दैनिक औसतमा १७ प्रतिशतले मृत्यु दर घटेको छ ।

यसै गरी गत शनिबारका दिन सम्म कूल ४ करोड ४८ लाख ९२ हजार ७ सय ७ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ६२ हजार ८ सय १२ मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १८ प्रतिसत घटेको छ ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५६.९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६५.८ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७८.८ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६८.४ प्रतिशतले लगाई सकेका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५.६ प्रतिशत र पूर्ण खोप ८४.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड ३४ लाख छ भने १८ करोड ८९ लाखलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )दिनेको संख्या १ करोड पुगी सकेको छ ।

प्रतिक्रिया