काठमाण्डौं ।अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ’माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ ।
प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ।प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताइन।पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ।मिलन शंकरको छायाँकन,दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडियोमा रहेको छ। माइला माइली’ गीतको भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ गीतमा देख्न सकिन्छ।
’माइला माइली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया