आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:३४
वासिङटन डिसी 09:49

ओक्लाहोमामा एमट्रयाक रेल सवारी साधनसंग ठोकिदा ५ जना घाइते

इनेप्लिज २०७८ असोज ३० गते २२:५१ मा प्रकाशित

ओक्लाहोमामा एमट्रयाक रेल सवारी साधनसंग ठोकिदा ५ जना घाइते भएका छन् । उक्त दुर्घटना दक्षिणी ओक्लाहोमा भएको हो । प्रहरी अधिकारीका अनुसार गत शुक्रबार राती ७ बजे थ्याकरभिल ओक्लामा नजिक दुर्घटना भएको जनाएका छन ।

उक्त रेलगाडी टेक्ससको फोर्ट वर्थ छोडी ओक्लाहोमा शहर तर्फ जादै गर्दा गाडी संग ठोकिएको हो । सामान्य चोट पटकको कारण ५ जना यात्रीहरुलाई अस्पताल लागिएको थियो भनि युपिआईले समाचार लेखेको छ ।

रेल सवारी साधनसंग ठोकिदा त्यसमा ११० जना यात्रीहरु सवार थिए । ओक्लाहोमा लभ काउन्टीका शेरिफ कार्यालयका अनुसार ठक्कर लागे पछि सवारी साधनका चालक हल्लिएको थिए भने तर सबैजना सुरक्षित भएका थिए ।

प्रहरीका अनुसार उक्त मार्ग अलिक उकालो भएकोले सवारी साधन पछाडीअन्य सवारी साधन बोकेर लाग्दै गर्दा बाटो काट्न मुस्किल भएकोले दुर्घटना निम्त्याएको हो ।

प्रतिक्रिया