आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:२०
वासिङटन डिसी 09:35

बाइडेन: क्लिन्टनलाई ‘राम्रो भै रहेको छ ‘ र चाँडै अस्पतालबाट बाहिर हुनेछन्

इनेप्लिज २०७८ असोज ३० गते २१:२० मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भए पछि पत्नी हिलारी क्लिन्टन तथा छोरी चेल्सी क्लिन्टन शनिबार बिहान दक्षिणी क्यालिफोर्निया अस्पताल पुगेका छन् ।

जहाँ बिल क्लिन्टन संक्रमणको उपचार भै रहेको छ भने उनि निको भै रहेको अवस्थामा पुगेका छन् । पूर्व राष्ट्रपति ठीक छन् र चाँडै नै क्यालिफोर्निया विश्वविद्यालय अर्वाइन चिकित्सा केन्द्र (मेडिकल सेन्टर)बाट रिहा हुनेछन्, राष्ट्रपति जो बाइडेनले गत शुक्रबार राती भने।

बाइडेनले कनेक्टिकट बिश्वबिद्यालयमा टिप्पणीको क्रममा क्लिन्टनसँग कुरा गरेको बताए । उनले शीघ्रलाभको कामना पनि पठाए ।

“उनि ठिक हुदै छन् ; उनि सन्चो छन् ,” बाइडेनले भने।

“उनि कुनै गम्भीर अवस्थामा छैनन् ,” बाइडेनले भने। “उनी छिट्टै अस्पतालमुक्त हुनेछन , मैले बुझें। त्यो भोलि हो वा अर्को दिन, मलाई थाहा छैन।”

छोरी चेल्सी क्लिन्टन आफ्नी आमाको साथमा शनिबार बिहान ८ बजे एक सवारी साधमा गुप्तचर सेवाका एक गुप्तचरहरुको साथमा थिइन्।

उनका प्रवक्ताका अनुसार ,७५ वर्षीया क्लिन्टन मंगलबार कोभिड-१९ सँग सम्बन्धित नभएको संक्रमण भएको कारण अस्पताल भर्ना भएका थिए ।

पूर्वराष्ट्रपतिका एक सहयोगीले भने कि क्लिन्टनलाई एक युरोलोजिकल संक्रमण(मुत्र सम्बन्धि समस्या ) थियो जुन उनको रक्तप्रवाहमा फैलिएको थियो ।

क्लिन्टनका प्रवक्ता एन्जेल युरेनाले गत शुक्रवार भनेका थिए कि क्लिन्टन रात्रिकालीन अस्पतालमा रहनेछन् ताकि उनीलाई अन्तर्निहित प्रतिजैविक (इन्ट्राभेनस एन्टीबायोटीक) प्राप्त गर्न सक्नेछन् भनि एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

“सबै स्वास्थ्य संकेतकहरु सही दिशामा चलिरहेका छन् ,उनको स्वेत रक्त गणना जो उल्लेखनीय रूपमा घट्यो ,” युरेनाले एक वक्तब्यमा भने।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति क्लिन्टन उत्कृष्ट मनोभावमा छन्, र उनीहरुले पाएको उत्कृष्ट हेरचाह र अमेरिका र विश्वभरिबाट मानिसहरुले पठाएको शुभकामनाको लागी हार्दिक आभारी छौं।”

सहयोगी, जसले अस्पतालमा पत्रकारहरुसंग आफ्नो नाम प्रयोग नगर्ने शर्तमा भने, क्लिन्टन अस्पतालको एक सघन कक्षमा थिए तर उनलाई आईसीयू (संघन कक्ष )को उपचार भने नगरिने बताएका थिए ।

 

प्रतिक्रिया