सुनिल र करुणाको स्वारमा ‘टिकटकमा छु’ (भिडियोसहित)

इनेप्लिज २०७८ असोज ३० गते १८:३४ मा प्रकाशित

सुनिल कटुवाल र करुणा दाहालको स्वरमा रहेको गीत ‘टिकटकमा छु हिट’ सार्वजनिक भएको छ।किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत,ऐरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

योगेन्द्र कार्कीको निर्देशन रहेको गीतको भिडियोमा अनिषा पाेखरेल, अजय श्रीस् ,सुनिल कटुवाल,करुणा दाहालको अभिनय रहेको छ।गीतमा सन्देश रिमालको कोरियोग्राफी रहेको छ भने मिराज अर्यालले छायाँकन र सम्पादन गरेका हुन्।गीतलाई सुनिल कटुवाल ईन्टरनेटेन्मेन्ट ‘अफिसियल यूट्यूव’ मार्फत सार्वजनिक गरिएकाे हाे।गीत सङ्गीतमा राम्रै चर्चा कमाउन सफल सुनिल कटुवालको यसअघि ‘केटो अलि कमाउने होस्’,’मुखैमा राम राम बगलिमा छुरा’,’क पुरी क’ जस्ता गीत स्रोता÷दर्शकले औधि मन पराएका गीत हुन्।

प्रतिक्रिया