टिका लगाएर फर्कदैं गरेका व्यक्तिमाथी लुटपाट

इनेप्लिज २०७८ असोज ३० गते १५:०७ मा प्रकाशित

असोज २९,लेखनाथ।पोखरा महानगरपालिका वडा नं. २८ स्थित धु्रवपुरको जंगलमा टिका लगाएर घर फर्कदै गरेका एक व्यक्तिमाथि कुटपिट गरि लुटपाट भएको छ।

आफ्नो मामा घर पोखरा–२८ बिमिरापानीबाट सोहि वडाको आरुपाटा तर्फ मोटरसाईकलमा फर्कने क्रममा धु्रवपुरको जंगलमा पुगेपछि ४ जना युवकहरुले आफुलाई कुटपिट गरी लुटेको ४४ वर्षिय वसन्तराज अधिकारीले वताएका छन।

जंगलमा लुकेर बसेका अज्ञात ४ जनाले आफुमाथी आक्रमण गरेको र मोटरसाईकलाई समेत क्षति पुर्याई आफ्नो साथमा रहेको नगद २५ हजार एवं साथमा रहेको दक्षिणा समेत लुटेर लगेको उनले वताएका छन।

यस विषयमा पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीले घटना भएको आफुले पनि जानकारी पाएको र प्रहरीलाई खबर गरी घटनामा संलग्नको खोजी शुरु गरिएको जानकारी दिए।

चाडपर्वको समयमा हुन सक्ने यस्ता घटनाहरुलाई मध्यनजर गरी रातिको समयमा एक्लै दुब्लै यात्रा नगर्न र सावधानी अपनाउन वडाध्यक्ष दियालीले सबैमा अनुरोध समेत गरेका छन।

https://www.youtube.com/watch?v=c5X5kwpRNMs

प्रतिक्रिया