आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:१५
वासिङटन डिसी 08:30

नेपालमा टिका लगाउने कार्यकम जारी ,अमेरिकामा आजै लगाइने

इनेप्लिज २०७८ असोज २९ गते ११:४७ मा प्रकाशित

 

नेपालमा टिका लगाउन सुरु भै सकेको छ भने अमेरिकामा केही घण्टा पछि सुरु हुनेछ । नेपालमा राष्ट्रपति बिद्या देवी भण्डारी तथा प्रधान मन्त्रि शेर बहादुर देउवा बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरि सकेका छन् ।

यो पटक महामारीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका द्वय राष्ट्रपति तथा प्रधानमन्त्रिले लगाई दिएनन् । त्यस्तै सर्वसाधारणले पनि नेपालमा टीका लगाई सकेका छन् भने क्रम जारी छ । नेपालमा कोरोना महामारीको कारण सतर्कता तथा सावधान अपनाईएको छ भने धेरै घर डुल्ने र टीका थप्ने काम न्यून भएको बिभिन्न परिवारका सदस्यहरुले बताएका छन् ।

यसै गरि कलाकार मनोज गजुरेल ,जितु नेपाल,एनआरएनएका अध्यक्ष कुमार पन्त ,संचारकर्मी रबि लामिछाने लगायतले पनि टीका ग्रहण गरेका छन् ।

नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । अमेरिकामा पनि त्यही शुभ साइतमै मनाइने छ ।

विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए अनुसार सोही साइतमा अधिकांश सर्वसाधारणले टीका लगाई रहेका छन ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने राम्रो साइत रहेको छ ।

विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।

प्रतिक्रिया