आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:३७
वासिङटन डिसी 09:52

दशै तिहार शुभकामना आदान प्रदान तथा दिवाभोजमा हार्दिक निमन्त्रणा!

इनेप्लिज २०७८ असोज २९ गते १०:४६ मा प्रकाशित

नमस्ते!

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को तर्फबाट हाम्रा सदस्यहरु र संसारभर छरिएर रहनु भएका सवै नेपालीहरुलाई विजया दशमी र शुभ दीपावलीको मंगलमय शुभकामना!

हामी तपाइहरुलाई यही अक्टोबर १७ तारिक ११ बजे विहानदेखि २ बजेसम्म न्याक भवनमा आयोजित दशैं-तिहार शुभकामना आदान प्रदान एवं दिवाभोजमा पुन: हार्दिक निमन्त्रणा गर्न चाहन्छौं ! हामीले समुदायको अनुरोध अनुसार नै यस्ता विषेश चाडबाडमा भेटघाट गर्ने, दु:ख सुखका कुरा गर्ने, हाम्रो संस्कृतिलाई नयां पुस्तालाई चिनाउंदै लैजाले एक परम्परा बसाउन खोजेका छौं। साथै यस कार्यक्रमलाई न्याकको कोषबाट कुनै खर्च नगरी न्याकका पदाधिकारी, दाताहरु र स्पोन्सरबाट ब्यहोरिएको छ ।

न्याकका पदाधिकारीहरु र स्वयंसेवकहरुले यस दिन साकाहारी र मांसाहारी दुवै थरी महानुभावहरुको लागि बेग्लाबेग्लै स्वयंसेवक, चुला, भांडा, डाडुपुनौं, प्लेट-बोल- चम्चा र तदनुरुपको खाना सहित विशेष सेवा प्रदान गर्नु हुनेछ । समुदायको सल्लाह, माग र चाहना अनुसार नै न्याकले सदैव काम गर्दै आएको छ । यस ब्यवस्थालाई पनि हाम्रा साकाहारी र मांसाहारी दुवै थरी दाजुभाइ दिदीबहिनीहरुले घेरै प्रशंसा गर्नु भएको छ ।

कृपया आउनुहोस्, सबै मिलेर हर्षोल्लासका साथ सँगै बसेर हाम्रो चाड बडादशैं-दीपावली मनाउं !

स्थान: NACC Building मनासस,
Address: 10501 Balls Ford Rd, Manassas, VA 20109

मिति: सेप्टेम्बर १७, २०२१
समय: बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
कार्यक्रम संयोजक: प्रेम पौडेल, न्याक कार्य समिति, (571) 277-5115

प्रतिक्रिया