दशैँ नजिकिदै गर्दा मानकुमारीको घरमा काम गर्न बसेको केटा कृष्णले आफ्नी मालिक्नी साहेब सित भन्यो “मुमा म यसपालीको दशैँमा मेरो बाबुआमाको हातको टीका लगाउन घर जान्छु है ?” “तलाई यहाँ हामीले काम गर्न राखेका हौं।दशैँमा जस्तो धेरै काम अरु समयमा गर्नु पर्दैन तँ दशैँमा घर गइस् भने हामीलाई आपत परिहाल्छ नि हाम्रो हातखुट्टा भाचिइहाल्छ नि दशैँमा धेरै पाहुनाहरु टीका जमरा लगाउन आउँछन् यस घरमा” मानकुमारीले भनिन्।
“वर्षदिनमा एकपटक आउने हाम्रो ठूलो चाड दशैँमा म घर गइन भने मेरो बुबाआमा रोइहाल्नु हुन्छ नि मुमा” काम गर्ने केटा कृष्णले भन्यो।“दशैँ सकिएपछि एक हप्ताको लागि तँलाई हामी छुट्टि दिएर दशैँमा नयाँ लुगा हालिदिएर घर पठाउँछौ तेरो बुबाआमा रुनु हुन्न” मानकुमारीले भनिन्।“दशैँमा आफ्नो बुबाआमाको हातको टीका लगाएर मलाई राम्रो आशिष दिनुहुन्छ मलाई मेरो बुबाआमाले” काम गर्ने केटा कृष्णले भन्यो।“मैले पनि तँलाई टीका जमरा लगाइदिएर राम्रो आशिष दिइहाल्छु नि यसमा तैँले कति पनि चित्त दुखाउनै पर्दैन” मानकुमारीले भनिन्।ऊ त्यो सुनेर उदास बन्यो।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, सरकारी धारा,काठमाडौं
फोन नं. ४३५३५९४
Email address:- [email protected]
प्रतिक्रिया