आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:०७
वासिङटन डिसी 09:22

भर्जिनिया स्यानटिली माध्यमिक बिद्यालयमा यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ

इनेप्लिज २०७८ असोज २८ गते २२:२८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहर स्थित स्यानटिली माध्यमिक बिद्यालय(हाई स्कुल)मा यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

भर्जिनियाको स्यानटिली हाई स्कूल(माध्यमिक बिद्यालय)मा कथित रूपमा हिडेका एक व्यक्तिले गत सेप्टेम्बर २७ का दिन एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि आरोपको सामना गरिरहेका छन् ।

फेयरफ्याक्स काउन्टी प्रहरीले अन्य पीडितहरु पनि हुन् सक्ने बताएका छन् ।

फेयरफ्याक्स काउन्टी प्रहरी विभागका अनुसार २२ वर्षीया गलाटा बेकेले बेन्गेसालाई बल प्रयोग गरी अपहरण, यौन आक्रमण र पाठशालाको सम्पत्तिमा अतिक्रमण गरेको आरोप लगाइएको छ ।

अनुसन्धानले दुई अतिरिक्त सम्भावित पीडितहरु समेत भएको जनाएका छन् । सेप्टेम्बर २७ को बिहान प्रहरीका अनुसार बेकेले बेन्गेसाले मुखावरण(मास्क) लगाएर विद्यार्थीहरुसंग च्यान्टिली हाई स्कूलमा प्रवेश गरेका थिए । उनले ती महिला पीडित नजिक गए । उनले सोचिन उनी अर्को विद्यार्थी हुन्।

प्रहरीका अनुसार बेन्गेसाले ती युवतीसँग कुराकानी सुरु गरे र त्यसपछि उनीलाई गैरकानुनी रुपमा उसलाई छोएका थिए भनि डब्लुटिओपीले समाचार लेखेको छ ।

प्रहरिले जानकारी दिए अनुसार उनी भाग्न सफल भईन जब अन्य विद्यार्थीहरु आए । उनीहरुले उनकी आमालाई सम्पर्क गरे र जसले प्रहरीलाई सम्पर्क गरेकी थिइन् ।

प्रहरी अधिकारीहरुले त्यसपछि बिद्यालयको छेउछाउ क्षेत्रको खोज गरे । उनि बिद्यालयको नजिक रहेको ५० नामक राजमार्ग ५० तथा फेयरफ्याक्स काउन्टी पार्कवे नजिक पैदल हिडी रहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेका थिए ।

गिरफ्तारीको बखतमा उनले स्वास्थ्य सम्बन्धि समस्या भएको भने पछि उनलाई उपचारको लागी अस्पताल लगियो। बुधवार जब फेयरफ्याक्स काउन्टी प्रहरी बेन्गेसा अस्पतालबाट रिहा गरीएको र घर फर्किएको थाहा पाए पछि उनलाई गिरफ्तार गरे र एक वयस्क हिरासत केन्द्रमा राखिएको छ ।

तस्बिर कृतज्ञता :फक्सन्युज५

 

प्रतिक्रिया