आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १२:१९
वासिङटन डिसी 02:34

अमेरिकामा एकैदिनमा ८८ हजार कोभिड-१९ बाट संक्रमित,१,८८७ जनाको मृत्यु

इनेप्लिज २०७८ असोज २८ गते १०:३८ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८८ हजार ६ सय १२ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट १ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ ।

गत बुधबार अक्टोबर १३ दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २२ प्रतिशत न्यून भएको छ । अमेरिकामा हाल सम्म कूल ७ लाख १९ हजार ७ सय २५ जनाको निधन भएको छ भने दैनिक औसतमा ५ प्रतिशतले मृत्यु दर घटेको छ ।

यसै गरी गत बुधबारका दिन सम्म कूल ४ करोड ४६ लाख ७१ हजार ६ सय ५८ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ६४ हजार ९ सय ४९ जना अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २० प्रतिसत घटेको छ ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५६.६ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६५.६ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७८.५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६८ प्रतिशतले लगाई सकेका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५.३ प्रतिशत र पूर्ण खोप ८४.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा ३३ करोड ३४ लाख जनसंख्यामा १८ करोड ७९ लाखलाई पूर्ण दिई सकिएको छ । हाल सम्म ३ करोड ५१ लाख ७ हजार ४ सय ५२ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया