शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०४:३८
वासिङटन डिसी 18:53

जुममा हत्या: बच्चाले भरुवा बन्दुक भेटेपछि आमालाई गोली हानी हत्या ,बाबु गिरफ्तार

इनेप्लिज २०७८ असोज २८ गते १:०६ मा प्रकाशित

फ्लोरिडामा अनौठो दुखद घटना घटेको छ । मध्य फ्लोरिडाको प्रहरीले एक बच्चाको बुबालाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार पिठथैलीमा भएका बच्चाले एउटा भरुवा बन्दुक भेटे उनि जुममा काम गरि रहेको समयमा गोली हानी हत्या भएको प्रहरीले जनाएका छन् ।

अल्टामन्ट स्प्रिन्ग्सका प्रहरीका अनुसार २२ वर्षीय भेन्ड्रे एवरीलाई गत मंगलबार पक्राउ गरी लापरवाहीपूर्ण हत्या र बन्दुकको असुरक्षित भण्डारणको आरोप लगाइएको समाचार एबिसीन्युजले  प्रकाशित गरेको छ ।

अन्वेषकहरुका अनुसार २ वर्षीय बालकले अगस्ट ११ मा पिठथैली (ब्याकप्याक)मा बन्दुक भेट्टाए र उनको आमा शमाया लिनको टाउकोमा एउटा गोली हाने भनेका छन ।

एक महिला जो जुममा थिइन् उनले ९११ मा प्रहरीलाई खबर गरेकी थिइन् । उनले लिनको आवाज सुनीन र उनि ढलेको बताइन । सहकर्मीलाई थाहा थिएन कि लिन कति बर्षकी थिइन् वा उनी कहाँ बस्थिन । उनले लिनलाई सहयोग गर्न बिन्ति चढाइन ।

प्रहरीहरु त्यहा पुग्दा लिनको घटनास्थलमै मृत भएको घोषितगरेका थिए । अधिकारीहरुका अनुसार अर्को बच्चा पनि गोली चलेको बेला घरमा थिए।

प्रतिक्रिया