शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०४:३६
वासिङटन डिसी 18:51

बोस्टनमा कोरोना खोपको आदेश पालना नगर्ने ८१२ जना कामदार निलम्बित

इनेप्लिज २०७८ असोज २७ गते २२:१८ मा प्रकाशित

अमेरिकाको मेसाचुसेट्स राज्यको बोस्टन शहरमा कोरोना खोपको आदेश पालना नगर्ने ८१२ जना कामदारहरुलाई निलम्बित गरेको छ ।

बोस्टन शहरले बुधवार आकस्मिक योजनाहरु लागू गरिसके पछि ८१२ जना कर्मचारीहरुलाई आफ्नो कोरोनाभाइरस खोप जनादेशको पालना नगरेको कारण निलम्बन गरेको जनाएको छ ।

निलम्बनको कारणले बुधवार कार्यबलको ४% भन्दा बढीले नगरमा भै रहेको जागिरबाट हात धुनु परेको छ । नगरका अधिकारीहरूले कामदारहरुलाई १,४०० भन्दा बढी पत्र पठाएर उनीहरुलाई गत हप्ता जनादेशको अनुपालन नभएको सूचित गरेका थिए ।

जस मध्ये ६०० जनाले अघिल्लो हप्ता अनुपालनमा आएका थिए अर्थात् कमप्लायन्सको दायरामा आएका थिए ।

बोस्टन हेराल्डका अनुसार कार्यवाहक नगर प्रमुख किम जेनीले भनिन , “हामी अब बस यातायात र अन्य विद्यालय सञ्चालनको लागी कर्मचारीहरुको अनुपस्थितिको बिदाबाट प्रभावित भएकोको लागी आकस्मिक योजनाहरु लागू गर्दैछौं।”

हामी हाम्रा विविध कार्यबल, र हाम्रा संघका साझेदारहरुसंग मिलेर काम गर्छौ ,उनले भनिन ।

उक्त योजना बोस्टन सरकारी बिद्यालयहरु , युवाहरु र परिवारहरुको लागी बोस्टन केन्द्रहरु र बोस्टन सार्वजनिक पुस्तकालयहरुसंग समन्वय गरीएको छ । गत शुक्रवारसम्म बोस्टन संघीय बिद्यालयमा ९२ प्रतिशत कर्मचारीहरु अनुपालनमा आई सकेका छन् भनि युपीआइले जनाएको छ ।

प्रतिक्रिया