शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०४:३५
वासिङटन डिसी 18:50

अमेरिकी बिमानस्थलमा यात्रुहरुले उच्च संख्यामा बन्दुक ल्याउन थालेका छन :परिवहन सुरक्षा प्रशासन

इनेप्लिज २०७८ असोज २७ गते २१:१४ मा प्रकाशित

अमेरिकी बिमानस्थलमा यात्रुहरुले उच्च संख्यामा बन्दुक ल्याउन थालेको परिवहन सुरक्षा प्रशासनले जनाएको छ । जुन संख्यामा पहिले कहिल्यै देखिएको थिएन, र यो एउटा “ठूलो समस्या” हो, परिवहन सुरक्षा प्रशासन प्रमुख सीएनएनलाई भने।

सुरक्षा र कानून प्रवर्तन अधिकारीहरु एकै समयमा झगडालु यात्रुहरुमा एक अभूतपूर्व बृद्धिसंग सामना गरीरहेका छन् ,उनले थपे ।

टीएसए प्रशासक डेभिड पेकोस्केले कुराकानीमा भने,हामीसंग धेरै घटनाहरु भएका छन् ,जहाँ नाका र हवाई जहाजका दुबै यात्रु बाधा रहेका छन ।

टीएसएले गरेको प्रतिवेदन अनुसार बर्षको पहिलो १० महिनामा नाकाहरुमा ४,६५० हतियारहरु समातिएको जनाएको छ । जसमध्ये अधिकांश गोली भरेको बन्दुक फेला पारिएको थियो । त्यो संख्याले सन् २०१९ मा पुरै बर्षमा रहेको ४,३३२ संख्यालाई पनि उछिनेको छ ।

मलाई लाग्छ कि धेरै मानिसहरु हतियार बोकेर सामान्यतया देश भरमा यात्रा गरि रहेका छन् । र ,त्यसपछि देश भरमा जे हुँदैछ हामी हाम्रो चौकीहरुमा प्रतिबिम्बित देख्छौं,” उनले भने।

“एक यात्रीको हैसियतमा, म चाहन्नँ कि अर्को यात्रु मसँग उनीहरुको स्वामित्वमा बन्दुक लिएर उडोस्।” उनले थपे ।

सन् २०२० मा महामारीको बेला हवाई यात्राको न्यूनीकरणको क्रममा पनि पारवाहन सुरक्षा अधिकारीहरूले प्रत्येक १० लाखमा १० यात्रुहरुबाट बन्दुक जफत गरेका थिए ।

यस वर्ष पनि उनीहरुले प्रत्येक १० लाख यात्रीहरुमा ११ जना हतियारधारी यात्रुहरु फेला पारि रहेका छन् ।

धेरैजसो बन्दुकहरुमा गोली भरिएको पाइएको छ भने । ३,९००० भन्दा ज्यादा अर्थात् ८० प्रतिशत बन्दुकमा गोली भरिएको फेला पारिएको थियो भनि सिएनएनले लेखेको छ ।

प्रतिक्रिया