शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०४:५१
वासिङटन डिसी 19:06

अमेरिकाले क्यानाडा र मेक्सिकोको सिमाना पूर्ण रुपमा खोप लगाइएका आगन्तुकहरुका लागी खोल्ने

इनेप्लिज २०७८ असोज २७ गते ११:५३ मा प्रकाशित

अमेरिकाले क्यानाडा र मेक्सिकोको सिमाना पूर्ण रुपमा खोप लगाइएका आगन्तुकहरुका लागी खुला गर्ने जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले क्यानाडा र मेक्सिकोबाट नोभेम्बरको शुरुमा पूर्ण रुपमा खोप लगाइएका आगन्तुकहरुको यात्रामा प्रतिबन्ध कम गर्ने योजना बनाएको छ।

करिव १८ महिना भन्दा बढि लागेको उक्त प्रतिबन्धहरुलाई खुकुलो पर्ने वरिष्ठ प्रशासन अधिकारीले जनाएका छन् । नयाँ नियमहरु जुन अन्तर्राष्ट्रिय हवाई यात्रुहरुको लागी घोषणा गरीएको जस्तै हुनेछ । चरणबद्ध रुपमा कार्यन्वयन गरिने छ ।

पहिलो चरण नोभेम्बरको शुरुवात गरिने छ । पूर्ण रूपमा खोप लगाइएको आगन्तुकहरुलाई अनावश्यक कारणहरुको लागी यात्रा गर्नको लागी साथीहरुलाई भेट्न वा पर्यटनको लागी अमेरिकी भूमि सीमा पार गर्नको लागी अनुमति दिइने छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

दोस्रो चरणमा जनवरी २०२२ बाट शुरुवात गरिने छ। जसमा सबै विदेशी यात्रीहरुलाई खोपको आवश्यकता लागू हुनेछ। आवश्यक वा अनावश्यक कारणहरुको लागी यात्रा गर्न चाहनेलाई यो नियम लागू हुनेछ ।

“यी नयाँ खोप आवश्यकताहरुलाई सुरक्षित राख्ने र कोभिड -१९ को फैलावट रोक्नको लागी हाम्रो आर्सेनल(शस्त्रागार)मा सबै भन्दा राम्रो उपकरणको उपयोग गर्दछ र संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने सबै विदेशी नागरिकहरुको लागी एक सन्तुलित, कडा प्रोटोकल(मूललिपि) बनाउनेछ चाहे जमीन वा हवाईद्वारा,” एक वरिष्ठ प्रशासन अधिकारीले पत्रकारहरुलाई भने।

प्रतिक्रिया