शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०४:२५
वासिङटन डिसी 18:40

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ९१ हजार संक्रमित,१९३८ जनाको मृत्यु

इनेप्लिज २०७८ असोज २७ गते १०:३० मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९१ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट १ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ ।

गत मंगलबार अक्टोबर १२ दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २१ प्रतिशत न्यून भएको छ । अमेरिकामा हाल सम्म कूल ७ लाख १७ हजार ५ सय १ जनाको निधन भएको छ भने दैनिक औसतमा ४ प्रतिशतले मृत्यु दर घटेको छ ।

यसै गरी गत मंगलबारका दिन सम्म कूल ४ करोड ४५ लाख ६५ हजार २ सय ३६ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ६५ हजार ९ सय ४३ जना अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २० प्रतिसत घटेको छ ।

गत अक्टोबर १२ का दिन १५ लाख ७४ हजार ४ सय ४ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने दर १० प्रतिशतले घटेको छ ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५६.५ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६५.५ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७८.४ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६७.९ प्रतिशतले लगाई सकेका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५.२ प्रतिशत र पूर्ण खोप ८४.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा ३३ करोड ३४ लाख जनसंख्यामा १८ करोड ७७ लाखलाई पूर्ण दिई सकिएको छ भने बुस्टर डोज (तेश्रो खोप अर्थात् अभिबर्धक खुराक) ८५ लाखलाई दिई सकिएको छ ।

प्रतिक्रिया