शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०४:५२
वासिङटन डिसी 19:07

डिसेम्बरको सुरुसम्म ऋण सीमा विस्तार गर्न अमेरिकी तल्लो सदनमा मतदान ,२१९ का बिरुद्ध २०६ ले पारित

इनेप्लिज २०७८ असोज २७ गते १:१५ मा प्रकाशित

आगामी डिसेम्बर महिनाको सुरुसम्म ऋण सीमा विस्तार गर्न आज भएको अमेरिकी तल्लो सदनमा मतदान हुँदा पक्षमा २१९ मत परेको थियो भने विपक्षमा २०६ परेको थियो ।

अर्थात् ऋण सीमा विस्तार पारित भएको छ ।

प्रतिनिधिसभाले ऋण सीमा बढाउन अक्टोबर १२ मंगलबारका दिन मतदान गर्‍यो । सिनेटले विनाशकारी अभाव र आर्थिक विपत्तिबाट बच्नको लागी गत हप्ता नै सिनेटले एक कामचलाऊ उपाय अनुमोदन गरेको थियो ।

डेमोक्रेटिकको नियन्त्रणमा रहेको तल्लो सदनले छोटो अवधिको ऋण सीमा विस्तार गरेको छ । अब यो राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नेछन्।

अमेरिकी अर्थ सचिव (ट्रेजरी सेक्रेटरी )जेनेट येलेनले सांसदहरुलाई संघीय सरकारसंग आगामी अक्टोबर १८ सम्म नगद सकिने चेतवनी दिएकी छिन । यसको लागि उनले कंग्रेसले ऋण सीमा वृद्धि गर्नु पर्नेमा जोड दिएकी छिन ।

तर अस्थायी ऋण सीमा विस्तार एक छोटो अवधिको लागि मात्र समस्याको समाधान हो ,उनले भनिन ।

प्रतिक्रिया