शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०३:०१
वासिङटन डिसी 17:16

भर्जिनियाको आर्लिंगटनमा आंशिकरुपमा पटरीबाट उत्रिएको महानगरीय रेलबाट सयौं मानिसहरु उद्धार

इनेप्लिज २०७८ असोज २७ गते ०:२२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको आर्लिंगटनमा आंशिकरुपमा पटरीबाट उत्रिएको महानगरीय रेलबाट सयौं मानिसहरुलाई उद्धार गरिएको छ । उनीहरुलाई मुनि फसेको रेलबाट बाहिर निकालिएको छ ।

मंगलबार साँझ ५ बजे एक महानगरीय रेल(मेट्रो ट्रेन )आंशिक रुपमा पटरीबाट उत्रिएको थियो । जसको कारण पेन्टागन र फगी बटम स्टेशन(अड्डा )हरुको बीच रेल सेवा निलम्बन गरिएको छ ।

अहिले सम्म कसैलाई चोटपटक लागेको छैन भने कोही पनि घाइते भएको कुनै समाचार आएको छैन । अन्य यात्रीयान सवारी साधन(शटल )हरुको बिकल्पहरु उपलब्ध गरिएको छ ।

आर्लिंगटन काउन्टी अग्नि नियन्त्रण तथा आकस्मिक चिकित्सा सेवाले रेलबाट दुई सय देखि ३ सयको बीचमा मानिसहरुलाई निकाल्ने सहयोग गरि रहेको छ । जो रोसलिन र आर्लिंगटन सिमेट्री नामक चौकीको बीच सुरंगमा पर्दछ ।

केवल एक मात्र डिब्बा पटरीबाट प्रभावित भएको थियो, र त्यो डिब्बामा लगभग २५ जना मानिसहरु थिए।

ती यात्रुहरु मध्ये कोही नजिकैको चौकी आर्लिंगटन सिमेट्री तर्फ हिडेका थिए । सबैभन्दा पहिला मानिसहरु लगभग ६:५० मा आउन थालेका थिए भनि एबिसी७ ले जनाएको छ ।

वाशिंगटन मेट्रो रेल सुरक्षा आयोगले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया