मेलिना राई र सन्जिबको ‘सुन प्रिय’मा उषा र आशिष

इनेप्लिज २०७८ असोज २६ गते २१:५१ मा प्रकाशित

काठमाडौं।गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ।घुुम्ने,रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरुको कथालाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे,बिनु गुरुगं र नवराज बस्नेतको अभिनय देख्न सकिन्छ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयमकै संगीत सृजना रहेको छ।जसको एरेन्ज र मिक्सिगं एण्ड मास्टरिगं शैलेन्द्र मान प्रधान ९बाबु०ले गरेका हुन् सोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन्। भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन्।

प्रतिक्रिया