शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०२:५९
वासिङटन डिसी 17:14

मेरिल्याण्डमा अतिक्रमीले बिहान ९ बजे नै घरमालिकलाई घर भित्र पसेर गोली हानी हत्या

इनेप्लिज २०७८ असोज २६ गते ०:५८ मा प्रकाशित

मेरिल्याण्डमा अतिक्रमीले घरमालिकलाई घर भित्र पसेर गोली हानी हत्या गरेको प्रहरीले जनाएका छन । मन्टगोमेरी काउन्टी प्रहरीका अनुसार मेरिल्याण्डको पुल्सभिलमा सोमबार बिहान एक जबर्जस्ति घर भित्र पसी गोली हानी हत्या गरेको बताए ।

उक्त व्यक्तिले ९११ मा प्रहरीलाई कोही मानिस जबर्जस्ती घर भित्र प्रवेश गर्न कोसिस गरि रहेको भनि प्रहरीलाई खबर गरेका थिए ।

बिहान ९ बजे पछि एल्गोनकियन क्षेत्रीय उद्यानबाट नदी पारी रहेको रिभर रोड (सडकको नाम)स्थित १८००० घर समूहमा उक्त घटना घटेको प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका प्रवक्ता शिरा गफले उनले खबर गरि रहदा गोली चलेको सुनिएको बताइन । प्रहरी अधिकारीहरु उक्त घर भित्र पुग्दा एक व्यक्ति मृत अवस्थामा भेटिएका थिए भनि डब्लुटिओपिले आफ्नो प्रकाशित समाचारमा उल्लेख गरेको छ ।

“उनीहरु एक अर्कालाई चिनेको हुनु पर्ने कुरामा हामी बिश्वस्त छौ र हामी विश्वास गर्छौं कि यो एक अलग घटना हो,” उनले भनिन्।

उनले जडान गरिएका सुरक्षा क्यामेरा(चित्रग्राहिणी)का असम्पादित सामग्री (फुटेज) को खोजि गरि रहेको बताइन । । गफले जो कोहि यताउता हिंडिरहेका मानिसहरु भएमा थाहा छ भने प्रहरीलाई सूचित गर्नको लागी उनले प्रोत्साहित गरिन ।

“हामी अझै अनुसन्धानमा धेरै चाँडो छौं, त्यसैले हामी धेरै धेरै भन्न सक्दैनौं,” गफले भनिन , “तर उनीहरु आज बिहान के भयो ठ्याक्कै पत्ता लगाउन काम गरिरहेका छन्।”

प्रतिक्रिया