हास्य कलाकार मनोज गजुरेलले गरे बिबाह

इनेप्लिज २०७८ असोज २५ गते २२:२४ मा प्रकाशित

काठमाडौँ,२५ असोज।चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्।

उनले आफूले विवाह गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्।

उनले विवाहको फोटो पोस्ट गर्दै विवाहका विषयमा ट्रोल तथा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्।

उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन्।पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।गजुरेलले ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए ।

‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वभाविकै हो।त्यसैगरी मेरा बाबु–नानीको शिक्षा,स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु जरुरी थियो।यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आय ।बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो।यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो’ उनले अगाडि थपेका छन् ‘बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो।एकै,खालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’

उनले विवाहका विषयमा नकारात्मक समाचार नबनाउन समेत आग्रह गरेका छन्।उनले भनेका छन् ‘सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला।मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला।हाम्रा सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।’

प्रतिक्रिया