प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव शपथग्रहण

इनेप्लिज २०७८ असोज २५ गते २१:५३ मा प्रकाशित

विराटनगर,२५ असोज ।प्रदेश नं १ सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष,सदस्य सचिव एवं लगाएका सदस्यहरुलाई आज यहाँ शपथ ग्रहण गराइएको छ।

सामाजिक विकासमन्त्री बलवहादुर सम्मसोहाङले उपाध्यक्ष बाबा मेयाङवो,सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम),बिप्लभ घोष,थलु राजभण्डारी,भेषराज कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो।

निजहरुलाई प्रदेश खेलकुद ऐन २०७६ को प्रावधान अनुसार वोर्डको उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरु नियुक्ति गरिएको हो।

सो अवसरमा मन्त्री साम्सोहाङले नवगठित वोर्डले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त्त गर्नु भयो।

उहाँले वोर्डले जिल्लाहरुमा खेलकूद समिति गठन गरी प्रदेशमा यसको विकासमा आगाडि वढ्न आग्रह गर्नु भयो।

सो अवसरमा उपाध्यक्ष मेयाङवो,सदस्य सचिव बस्नेतले मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्नु भयो।

प्रतिक्रिया