आइतबार, असोज ३१ २०७८
काठमाडौं २१:५६
वासिङटन डिसी 12:11

विचरा! त्यो साने ।

भोला थापा क्षेत्री २०७८ असोज २४ गते १८:३५ मा प्रकाशित

झण्डै दुई दशकदेखि परदेश कमाउन हिँडेको साने अहिले सम्म पनि उसलाई परदेशले नै तानिरहेको छ ।

आमाले कोदो जातोमा घुमाउदा एक मुठी निक्लीएको पिठोलाई फेदमा अंगार जस्तो डढेको पतिलामा पानि डलमल बनाएर अदुवा र नुन हाले पछि भुलुक्क उमालेको खोलेको खुब मिठो स्वाद आउने हुन्थ्यो र पेट भरेको उसका विगतका कहानी अझै पनि ताज छ ।

जिन्दगीमा पीडा कहिले सँकिदैन रहेछ नि भाइ, राम्रो सगँ शिक्षा लिन पाएको भएपनि आज यति धेरै दुख गर्नु पर्दैन्थो होला, मलिनो अनुहार बनाउँदै पसिना बगिरहेको उसको अनुहार निथ्रुक्क भिजेका उसका ति कभरहल (डिउटमिा लगाउने कपडा) अनि २ वटा खबुस ( रोटी) र झोल चिकनमा चप्प चप्प चोप्दै निकै मिठो मानेर खाँदै गरेको सानेलाई मैले बेस्सरी टोलाएर हेरिरहेँ।

विचरा! दाँत फुत्किएको रहेछ, मासु चपाउन पनि निकै कठिन उही साने सँगै नजिक हुन मलाई पनि मन लाग्यो । आफुले खाँदै गरेको टेबुलबाट सरेर सानेको टेबुलमा आए ।

जिन्दगी के रहेछ करिब ४ वर्ष भयो घर गएको छैन भाइ दशैँ मुखमै आएको छ पीडा छ तर ॠणले थाम्न नसक्नु छ छोराछोरी पढाउन र नयाँ घर बनाउदा ॠणले थिचेको छ म कसरी घर जानु उसका मनका भावले मलाई पनि चसक्क छोयो ।

एउटा मान्छेले कति जिम्मेवारी लिनु पर्ने हगी , मन मनै भन्छ बरु मर्न पाए ढुक्कै हुन्थ्यो,, रात भरि शरीर दुखेर करकर खान्छ, सबै भन्दा ठुलो पैसा रहेछ, एक्लैले कमायो रमाउने त परिवार नै हुन तर जीवन परदेशमा नै जाने भयो।
सानेका कुराले चसक्क मन छाेयो उ भन्दै गयो म सुन्दै गएँ, न त जवानी थाहा भयो न त मनोरञ्जन नै सबै जीवन परदेशमा गयो अहिले त रुटिङ्ग नै भएको छ बिहान उठ्न साथ हातमुख धोएर ड्यूटी हिँड्ने , अनि यो दिन भरिको तातो घामले पोलिएको शरीर र रात भरि चिसो एसीले सडाएका शरीरका हड्डीहरुलाई लिएर विश्राम गराउन मात्र नेपाल फर्कने हो भाइ हामी परदेशीको जीवन ।
हामीले विदेशमा जति कमाएपनि पीडा त सानेकै जस्तो छ , म पनि करिब ४ महिना घरमा बस्दा अब फर्किन्न विदेश भनेकै हुँ तर नेपालको स्थितिले आफैलाई परदेशिनु बाध्य बनायो ।

सोचे जस्तो सबैको हुने रहेनछ , कसैको त पूरा भए पनि म पनि असक्षम भएरै होला म टिक्न सकिनँ अनि सजिलै खाडी रोज्न आई पुगेको हुँ ।
मेरो पनि सानेको जीवनमा भए जस्तै धेरै उताव चढाव रहेछन म जस्तै दु:खी सानेसगँ मेरो मित्रता नजिकिन पुग्यो , अहिले हामी एक आपसमा दुःख साटिरहेका छौँ मैले उसलाई धेरै सम्झाएँ, जीवन यहि यो जुन हामीले भोगी रहेका छौ ।

हो आज हाम्रो समाजमा यति ठुलो विकृती फैलिएको छ । त्यो तपाईलाई नै थाहाँ छ हरेक कुरामा प्रतिस्पर्धा गर्नुपर्ने , जति छ त्यतिमा रमाउन जान्ने भन्ने कुरै हुँदैन, मान्नुस कि तपाईले प्रतिस्पर्धा गर्न हिम्मत भएन भने तपाई त्यो समाजबाट निष्कासन हुनुहुनेछ।(भनाईको मतलब समुहमा तपाईलाई अल्ली तलको सम्झीने गरिन्छ ) अनि परेन त परदेशीको गुलामी गर्न ।

काम र दाम सँकिदै गएपछि सबैभन्दा पहिला आक्रमण आफन्तबाट आशीर्वादका सन्देशसरी ओईरोहरुले पेलिरहँदा रहेछन्, तपाईले बिताउनु भएका ती साथीभाईहरु जुन तपाईले हिजो धानिन नसक्ने गरि पिएर लडिरहेको बेला पनि घर सम्म छोड्थे ति आज भोली तपाईलाई देखेपछि पछाडिको बाटो लाग्दा रहेछन्। यो यथार्थ हो। प्रेमको भाव पनि कम हुँदै जाने,कस्तो परिस्थितको सृजना बनाउने रहेछन् जिन्दगी, त्यही भएर परदेशमा ४ वर्ष सम्म घर नफर्किएको मित्र सानेलाई भेटेर परदेश नै ठिक भनेर चित्त बुझाउनु बाहेक केही अन्य विकल्प देखिएको छैन ।

प्रतिक्रिया