शनिबार, कार्तिक ६ २०७८
काठमाडौं ०२:५८
वासिङटन डिसी 17:13

मेरिल्याण्डमा गभर्नर होगनद्वारा नयाँ कोरियानगरको उद्घाटन

इनेप्लिज २०७८ असोज २४ गते १८:२३ मा प्रकाशित

मेरिल्याण्डका गभर्नर गभर्नर ल्यारी होगनले नयाँ कोरियानगर अर्थात् कोरिया टाउनको उद्घाटन गरेका छन् । गभर्नर ल्यारी होगनले दक्षिण कोरियाका राजदूत सू ह्युक ली र हावर्ड काउन्टीका कार्यकारी केल्विन बलको साथमा एलिकोट सिटी(शहर)मेरील्याण्डमा कोरियाटाउन (कोरिया नगर )को घोषणा गरेका छन् ।

संयुक्त राज्य अमेरिकामा रहेका केही आधिकारिक कोरियानगरहरु मध्ये एलीकोट शहर (सिटी)को कोरियाटाउन पनि एक हो ।

उद्घाटनको अवसरमा मन्तब्यको क्रममा होगन ले भने कि उनकी पत्नी युमी होगन एक कोरियामा जन्मेकी कलाकार हुन् । उनि यसको हकदार छिन उनले भने ।

यो परियोजना सुरु गर्न बर्षौं बर्ष लाग्यो । र ,यसको सफलताको लागी धेरै धेरै धन्यवाद भन्दै मेरील्याण्डकी प्रथम महिलालाई यसको श्रेय जाने ,” होगनले गत शनिबार भने।

उक्त क्षेत्रमा स्तम्भ र खपाडा छाना दुई कोरियाली दरबार शैली चिन्हद्वारा कुदिएको छ ।

उक्त शहरमा अनुमानित बाह्र हजार कोरियाली अमेरिकी रहेका छन् । कोरियाली अमेरिकीहरुले व्यवसायमा संलग्न छन् । अत्यधिक रुपमा राजमार्ग ४० को छेउछाउ इलाकामा बसोबास गर्छन ।

उक्त क्षेत्र मूल रूपमा “कोरियाली मार्ग” भनि समर्पित गरीएको थियो भनि डब्लुटिओपिले समाचार लेखेको छ ।

प्रतिक्रिया