२००९ चैत्रमा दुराडाँडा लमजुङमा जन्मेका नेपाली साहित्यमा कथा,गीत,कविता, गजल आदि साहित्यका प्रत्येक विधामा स्थापित चर्चित एवं विभिन्न पुरस्कारहरुद्वारा सम्मानित व्यक्ति भाग्यशाली अधिकारी आफ्नो पहिलो उपन्यास बिरानो लोक मार्फत नेपाली साहित्यमा उपन्यासकारका रुपमा देखा परेका छन्।उनको पहिलो कृति यो एउटा भरिपूर्ण मरुभूमि नामक कवितासङ्ग्रह २०५८ सालमा निस्केको थियो।त्यसको ठीक एक दशकपछि बिरानो लोक उपन्यास छैठौ कृतिको रुपमा निस्केर बजारमा आएको छ।उनको साहित्यतर्फ मुख्य विधा कविता हो।बिरानो लोक उपन्यासमा २१ वटा परिच्छेद छन्।परिच्छेद एकमा ज्ञान,बुद्धि,वैराग्य,दया, क्षमा,सौर्यता,निश्छल,निष्कलङ्क,परोपकार,सुन्दरता,समदृष्टि,सद्बिचार, महानता, दुर्लभ,अप्राप्य संसार केवल अरुलाई देख्छ मानवलाई देख्दैन।आफूलाई खान पर्छ अरुलाई पर्दैन।आफूलाई लाउन पर्छ अरुलाई पर्दैनन् भनिएको छ।परिच्छेद दुईमा मलाई लाग्छ मेरो पनि ब्रतबन्ध गरेपछि जीवनमा केही ऊर्जा दिएको थियो।त्यसले एउटा अर्कै भावना दिन्छ।हौसला आत्मबल बढ्छन्।जीवनको एउटा मौडै बदलिन्छन् भन्या।त्यसैले त मानवहरु बालकहरुको ब्रतबन्ध सानैमा गर्नुपर्दछ भन्दछन् नि भाग्यशालीले लेखेका छन्।यो संसारमा मानवले अनेकौ स्वप्नाहरु देखिरहेका हुन्छन्।सर्वप्रथम उसका अगाडि,गाँस,बास,कपासका आवश्यकता टड्कारो छन् भाग्यशाली भन्दछन्।परिच्छेद छ मा बृषदेवको पढाई पनि खत्तम भयो।उसलाई पढ्नै मन लागेन।उसलाई पढ्ने वातावरण नै भएन।मान्छेका ओरालो पाइलो लागेपछि दुःख पनि कतितिरबाट खनिदा रहेछन् चारतिरबाट ओइरिदा रहेछन् भनिएको छ।११९ पृष्ठको यो सम्पूर्ण उपन्यास आफ्नो नवीन कथावस्तुको कारणले पनि यसले चर्चा पाउने र नेपाली साहित्यमा चर्चित हुने निश्चित प्रायः देखिन्छ।
परिच्छेद सातमा विद्या आर्जन नगरेको व्यक्ति कुहिराको काग, अन्धकारको बाटोजस्तै केही थाहा हुँदैन।विद्याले मानवलाई धेरै ज्ञान दिए जस्तै बूढाबूढीहरुले पनि उनीहरुले धेरै वर्ष पार गरेको अनुभवले धेरै ज्ञान दिन्छन् भनिएको छ । परिच्छेद दसमा अर्काको मनको कुरा कसले बुझ्न सक्ने ? कतिका बाबुआमाले आफ्ना छोराछोरीहरुलाई एकदम उत्तम बनाउछु भन्छन्।त्यो कसलै भन्दैन र भने पनि ती छोराछोरीहरु केही न केही कामका हलामु हुन्छन् भनिएको छ। भाग्यशालीले सन्तुष्टिका लागि मानवले आफ्ना जीउज्यान अर्पिएका छन् भनेका छन् ।यस उपन्यासको परिच्छेद एघारमा संसारमा जता बहयो सबै त्यतै बहनुपर्दछ। कसैले म त विपरित बाटो बहन्छु भन्यो त त्यसले कुकुरले नपाउने दुःख पायो। खोला नदीहरु उत्तर बहलान् र यो असम्भव हुनै सक्दैन असम्भव विषयतिर बल गर्नु बेकार निरर्थक हुन्छ भनिएको छ।परिच्छेद बाह्रमा यो संसारमा पैसा जस्तो ठूलो कुरा अरु कुरा केही रहेनछन् चाहे मान्छेले पैसा जतिसुकै गरेर कमाओस् त्यो केही छैन भनिएको छ।मानव यो एउटा गतानुगतिको लोक हो।अवश्य पनि त्यो बाहेक मानव चल्न सक्दैन । जब मानवले अन्यका गति,प्रगति, उन्नति देख्दछ झल्यास्स हुन्छ उपन्यासकार भाग्यशाली भन्दछन्।कमसेकम कुकुरले मालिकलाई चिनेका हुन्थे त केही न केही माया पलाउँथे । मालिकले कुकुरलाई चिनेका हुन्थे त केही न केही त्यहाँ दया,माया जाग्थे यस उपन्यासमा लेखिएको छ।
परिच्छेद चौधमा पशुपंक्षी जनावर कीतपतङ्ग समाज देश विश्व कस्तो जेलिदै गएको ।सबैभन्दा ठूलो त अझ संसारमा श्रीमान् श्रीमतीका मायाप्रेम हो रहेछ भनिएको छ ।मान्छेलाई सानो कुरा पाउन हुँदैन यहाँ तिललाई पहाड बनाउँछन् झन् कतै केही फेला पारे भने त के चाहियो बुइँबुइँ बनाउँछन् परिच्छेद पन्ध्रमा भनिएको छ। परिच्छेद सोह्रमा मान्छेहरु सबै सुख–शान्ति खोज्दछन् प्रगति पथमा लम्किदै खोजेका हुन्छन्।सबैले एउटा मानव हुन पाए हुन्थ्यो नै भन्छन् तर तिनीहरु त्यस्तै किन हुन सक्दैनन् भनिएको छ।घरमा पालेको कुकुरले मालिकलाई किन टोक्दैन उसले थाहा पाएको छ मालिकले मलाई पालेको छ मालिकले मलाई खान दिएको छ । मैले उसलाई टोक्न हुँदैन।उसले जानेको हुन्छ र उसले मालिकलाई टोक्दैन लेखिएको छ।परिच्छेद अठारमा राम्रो कुरा थाहा पाए कसैले थाहा पाउलान् कि सुनिहाल्लान् कि।सुने पनि नसुनेझैँ गुपचुप राखेर केही थाहा नपाए झै गरेर बस्दछन्।कसैले कसैलाई भन्दैनन् भनिएको छ।परिच्छेद बीसमा रामचन्द्रलाई त्यत्रो लोकोप्वाद लाग्यो सहेर बसे तिनैलाई आज हामी पुजिरहेछौ । संसारमा भगवान भनेर मान्छौ।पापी अधर्मी राक्षसहरुले अनेकौ भोगविलास अमन–चयन त गरे नै भनिएको छ।जीवनको यथार्थ र भोग्नुपरेका अप्ठ्याराहरु बीच परिभाषित जिन्दगीको मेल नहुनुको चर्को पीडालाई उपन्यासकार भाग्यशालीले रोचक शैलीमा वर्णन गरेका छन्।खानका लागि बाँच्नु र बाँच्नका लागि खानु बाहेक लेखकको जीवनको अर्को कुनै महत्वपूर्ण सार छैन।यस अर्थमा निस्सार जीवनको सार नै पो मै हुं कि।यस उपन्यासको अन्तिम परिच्छेद एक्काइसमा कतिका बुहारीहरुलाई खान नदिएर यातना दिएर आत्महत्या गरेका छन् सम्झेर तपतप आँसु चुहिन्थे भनिएको छ।सामाखुसी साहित्य समाजद्वारा प्रकाशित यस उपन्यासको मूल्य रु.१५०।–राखिएको छ।
सामाखुसी साहित्य समाज,
सामाखुसी मार्ग, ९३५÷५४,
काठमाडौं (नेपाल)
९८४१७९७६६४
इमेल–[email protected]
प्रतिक्रिया