डा.हर्षबहादुर बुडा मगरको जडाउरी नामक कविता सङ्ग्रह मेरो हातमा परेको छ।उक्त कविता सङ्ग्रह भित्र विभिन्न शीर्षकका ५० वटा कविता रहेका छन्। जन्मथलो फर्किदा शीर्षकको कवितामा चौध वर्ष पुग्दा जुन धर्तीमा जन्म लिएँ गलकोट कौलेनी आफू जन्मेको ठाउँमा फर्किदा खुसी छु आज मन अति गौरवशाली जन्मभूमि हो महान् त्यसैले तिमीलाई गर्छु कोटि कोटि प्रणाम् भनिएको छ।जान पाएँ वैरीको धावामा शीर्षकको कवितामा बल्ल पो ठेकान भयो जान पाएँ वैरीको धावामा धन्य तिमी वाल्टुरुप कर्नेल अनुमति दियौं युद्धमा जानलाई कवि हर्षबहादुरले भनेका छन्।कवि हर्षबहादुर वाग्लुङ गल्कोट कौलेनीमा १९८४ साल कार्तिक ३ गतेका दिन जन्मेका हुन्।डा.हर्षबहादुर धार्मिक संस्कारमा हुर्किएका व्यक्ति हुन्।उनकी आमाले दुर्गादेवीको र रुद्री पूजा आराधना ब्रह्मण बोलाएर चण्डीपाठ,गीतापाठ गर्ने चलन परम्परा रहेकाले यस्ता धार्मिक कार्यबाट मगरलाई स्पष्ट रुपमा धार्मिक संस्कारको प्रभाव पारेको देखिन्छ।सानै उमेर बाल्यकालदेखि नै दुर्गादेवीको पूजापाठ चण्डीपाठ गर्ने बानी उनमा रहेको थियो।डा. हर्षबहादुर साहित्य सिर्जनामा प्रत्यक्ष तथा परोक्ष रुपमा लागी पर्दथे।उनका अनुसार साहित्य नै जीवन हो।
आत्मानन्दानुभूति तथा आत्मप्रकाशनका निम्ति साहित्य सिर्जना गरिन्छ र सिर्जित साहित्यद्वारा समाजमा सकारात्मक प्रभाव पारेको हुन्छ र पार्नुपर्छ।डा.हर्षबहादुर फुटकर कविता लेखनबाट साहित्य जगतमा प्रवेश गरेर कथा,उपन्या, संस्मरणात्मक निवन्ध र जीवनी समेत लेख्न सक्षम छन्।भानुभक्तको रामायणको लग अँगालेर लेखिएका कवितादेखि कथा र उपन्यास विधामा समेत जीवनका आफ्ना अनुभव व्यक्त गर्न उनी सिपालु थिए।उनका रचनामा नेपाली हावापानी र माटोको सुगन्ध यत्रतत्र पाइन्थे।पुर्खाको गौरव,राजसंस्थाको गरिमा,जातीय स्वाभिमान,यथार्थ जीवनका झल्कासँगै डा.मगरका रचनामा बहादुर नेपालीको आत्मा प्रतिविम्बित भएको थियो।कृतिको नाम अनुसार जडाउरी शीर्षकको कवितामा दिन बिताउँछन् पहार तापेर जब घाम पुग्छ मूलपानी नेटामा पस्छन् उनी आफ्नो झुप्रोभित्र मुढा तेर्सिएको अँगेनामा धुवाँको कुइरीमण्डल व्याप्त त्यही झुप्रोभित्र त्यसरी नै रात काट्छन् उनी यही हो दिनचर्या उनको भनिएको छ।यो कविता उनले पहिलो छुट्टीमा घर गएका बखत वि.सं.२००१ म लेखेका हुन्।यसमा सन्ताउन्न वर्षको अन्तरालमा लेखिएका कविताहरु छ्रन्।वि.संं १९९९ सालदेखि २०५६ सालसम्म देशभित्र र देश बाहिरका ३० ठाउँमा भिन्न भिन्न कालखण्डमा रचिएका कविताहरु यसभित्र सँगालिएका छन्।
जीवन,मृत्यु,प्रणय,युद्ध,राष्ट्रियता,सामाजिक चेतना आदि अनेक विषयसँग सम्बद्ध कविताहरु यसमा परेका छन्।अधिकांश कविता गद्यात्मक छन्।कवि र कविता शीर्षकको कवितामा हुँ कवि म यसै भूमिको यहाँका मानिसहरुको यसै आकाशको गाउँछु कथा नेपालको भनिएको।आफ्नो देशमा बसेर कर्म गर्ने मन कसलाई हुँदैन र म मरे पनि मलाई मेरै देशको माया छ।तिर्सना शीर्षकको कवितामा हिजोको सबै सवाल आज बने नि जवाफ गर्दैछु तिम्रै प्रतीक्षा प्रिये मेटाऊ यो ताप भनिएको छ।कप्तान बुद्धिबल राना शीर्षकको कवितामा धन्य तिमी बुद्धिबल राना राख्यौ कीर्ति भोटको लडाईमा भनिएको छ।बुद्धिबल राना शरीरका भारी थिए चार पाँच जना भोटे दिएँ घँडा घसि मारी।सानै उमेरदेखि समाजसेवाको भावना भएका डा. हर्षबहादुरले समाजको उन्नति र विकासका लागि विभिन्न संघसंस्थामा काम गरेका थिएँ।यिनले कतिपय संघ संस्था खोल्न र विकास गर्न ठूलो योगदान पुर्याएका थिएँ।डा.हर्षबहादुर बुडा मगर विगत र वर्तमान नामक कृति जीवननारायण अर्यालले २०५८ साल वैशाखमा निकालेर पाठक समक्ष पुर्याएका थिएँ।डा. हर्षबहादुरलाई हामी सबैले कहिल्यै बिर्सन सक्दैनौ अतित शीर्षकको कवितामा थियो त्यो पनि के जमाना र विश्वमा आधिपत्य हाम्रो थियौ सर्वश्रेष्ठ अनि महान् भनिएको छ।साहित्यमा यिनले वि.सं. १९९९ सालदेखि कलम चलाएर लामो साधना र योगदान दिएका थिएँ।सशक्त साहित्यकार हुँदाहुँदै पनि छिटफुट टिप्पणी बाहेक समालोचकहरुका नजरबाट डा.मगर ओझेलमा परेका रहेछन्।
– अरुणबहादुर खत्री “नदी”
प्रतिक्रिया