काठमाण्डौं।नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ।गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदना ले भरिएको मौलिक दशैं गीत ”मुग्लान” गीतको भिडियो सार्वजनिक भएको छ।
परदेशमा धन कमाउनको लागी विदेशमा गएको सन्तान र स्वदेशमा उसको परिवारमा परेको पिडालाई गीतमा समावेश गरिएको छ।शिला दुखी र जुना पुलामीको शब्द तथा मनोज विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ।
राम कृष्ण कडेँलको छायाँकन,विष्णु प्रसाद अर्यालको सम्पादन तथा राजन मर्हजनको निर्देशन भिडियोमा देख्न सकिन्छ।भिडियोमा रितेष श्रेष्ठ,सुर्य क्षितिज लामा , सविना केसी,स्वस्तिका राई,लक्ष्मी लामा,राजन मर्हजन,बसन्त बर्मा,मोती राम थापा,युवराज गजमेर,पुजा नेपालीको अभिनय रहेको छ।
”मुग्लान” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोेस।
प्रतिक्रिया